― Advertisement ―

शनिबार, अप्रिल ११ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #769)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT जोन अर्थात् दिनको मध्यमा देखिने समय जुन रातको puzzs को लागि देखिन्छ। कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsएक लाख ७१ हजार नगद र ब्राउनसुगरसहित तीन जना पक्राउ – KhabarHost

एक लाख ७१ हजार नगद र ब्राउनसुगरसहित तीन जना पक्राउ – KhabarHost



१८ कात्तिक, सुर्खेत । एक लाख नगद र लागुऔषध ब्राउनसुगरसहित सुर्खेतमा तीन जना पक्राउ परेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, १ लाख ७१ हजार ३३० नगद र अन्य सामग्रीहरू बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढाथापाका अनुसार वीरेन्द्रनगर–५, घर भई वडा नम्बर–८, आवास क्षेत्रमा क्याफे चलाउँदै आएका २८ वर्षीय हिमाल आले पक्राउ परेका छन् । बिसाउने चौतारी नामक क्याफेका सञ्चालक समेत रहेका आलेलाई प्रहरीले शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।

उनको खानतलासी गर्दा क्याफेको शौचालयमा लुकाइए अवस्थामा शुद्ध ११ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । सोही घटनामा थप अनुसन्धान गर्दा वीरेन्द्रनगर–४, मुलपानीका २६ वर्षीय सरोज ढकाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

यस्तै वीरेन्द्रनगर–१, का ४७ वर्षीय म गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गुरुङलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो । उनको पनि शरीर खानतलासी गर्दा शुद्ध ३.१८६० ग्राम ब्राउनसुगर बरामद भएको डिएसपी बुढथापाले जानकारी दिए ।

प्रहरीले सोमबार र मंगलबार वीरेन्द्रनगरका विभिन्न ठाउँबाट पक्राउ गरेका तीन जनाबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, नगद १ लाख ७१ हजार ३३० रुपैयाँ, २ थान कैँची र १ थान प्लास्टिकको टुक्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।





Read More