― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsएक्सेल्सियर कप बास्केटबलमा पुष्पसदनलाई सफलता – KhabarHost

एक्सेल्सियर कप बास्केटबलमा पुष्पसदनलाई सफलता – KhabarHost


राष्ट्रिय

समाचार.

  • पुष्पसदनले १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइजमा बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्‍यो ।
  • रेडियन्ट पब्लिकले सिनियर गर्ल्समा बाल दीक्षालाई २१–९ ले हरायो भने एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ ले पराजित गर्‍यो ।

१७ माघ, काठमाडौं । पुष्पसदनले १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।

स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्‍यो । पुष्पसदनका सम्राट लामाले २४ अंक जोडे ।

सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिकले बाल दीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले हराए । रेडियन्टकी सेजल रोक्काले ९, एक्सेल्सियरकी सीमा थापा मगरले ७ र चाँदबागकी सौर्य बाराकोटीले ६ अंक जोडे ।

फुटसल

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ मा एक्सेल्सियर (रेड) ले एक्सेल्सियर (ग्रिन) लाई १०–१ तथा एक्सेल्सियर (नीलो) ले एक्सेल्सियर (ग्रिन) लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरे ।

यु–११ रिब्सले बोधीसत्वलाई ७–०, राई स्कुलले बोधीवृक्षलाई ४–० र राई स्कुलले रिब्सलाई १–० गोलले हराए ।

यु–१३ मा कोहिनुर र रेडियन्ट पब्लिक तथा रेडियन्ट पब्लिक र बोधीसत्वबीचको खेल बराबरीमा सकियो । दुवै खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यु–१६ मा एक्सेल्सियर (नीलो) ले रेडियन्ट पब्लिकलाई ६–२, किड्स लर्निङले बोधीसत्वलाई २–० र न्यु अरुणोदयले रेडियन्ट पब्लिकलाई ५–० गोलले हराए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More