― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest news‘एक्सन फिल्मलाई बन्दुक जरुरी’ भन्दै मिलन चाम्सले गराए सञ्चारमन्त्रीको ध्यानाकर्षण

‘एक्सन फिल्मलाई बन्दुक जरुरी’ भन्दै मिलन चाम्सले गराए सञ्चारमन्त्रीको ध्यानाकर्षण


राष्ट्रिय

समाचार.

  • फिल्म निर्देशक मिलन चाम्सले एक्सन फिल्मको लागि हतियारको सहजीकरण गर्न संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन्।
  • चाम्सले गोर्खाली सेनाको कथा सुनाउन हतियार आवश्यक भएको र काठको बन्दुकले दृश्य स्वभाविक नदेखिने बताए।
  • चलचित्र विकास बोर्डले हतियार सहजीकरणका लागि संचार मन्त्रालयलाई पत्र लेखेको र यस विषयमा पटकपटक निर्माताले हैरानी खेपेको जनाएको छ।

काठमाडौं । फिल्म निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् ।

एक्सन फिल्मको लागि हतियार जरुरी रहेको जानकारी गराउँदै चाम्सले काठको बन्दुक लिएर छायांकन गर्दा त्यो स्वभाविक नदेखिने बताए ।

‘काठको बन्दुक समाउँदा पनि पक्राउ पर्ने स्थिती अहिले छ’ उनले भने, ‘एक्सन फिल्मको लागि बन्दुक जरुरी हो ।’

आफूले संसारलाई गोर्खाली सेनाको कथा सुनाउन चाहेको तर, यसका लागि कसरी हतियार प्रयोग गर्ने भन्ने प्रश्न उनले राखे ।

‘मलाई गोर्खाली आर्मीको कथा भनेर संसारलाई सुनाउन मन छ । विपोनको प्रयोग कसरी गर्ने ?’ उनले मन्त्री खरेलसामु भने, ‘काठको बन्दुक देखाउँदा जुम गर्दा त्यसलाई दर्शकले पत्याउँदैनन् ।’

चाम्स निर्देशित हालैको फिल्म ‘गोर्खा वारिअर’ले उत्कृष्ट एक्सन फिल्मको रुपमा चर्चा पाएको थियो । गोर्खाली सेनाको बहादुरीको कथा पेश गर्ने यो फिल्ममा प्रशस्त एक्सन प्रयोग गरिएको छ ।

सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले तत्कालिन गृहमन्त्री र गृहसचिवलाई यसबारे कुरा राखेपनि सरकार ढलेकाले त्यो सम्भव नभएको बताएका थिए ।

हतियारको सहजीकरण सम्बन्धी बुँदा नै राखेर बोर्डले विहिबार संचार मन्त्रालयलाई पत्र नै लेखेको छ ।

हतियार लिएर हिँड्दा, सेना-प्रहरीको पोशाक प्रयोग गर्दा पक्राउ परेका, स्पस्टीकरण सोधिएका र निर्माताले हैरानी खेपेका घटना पटक-पटक भएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More