― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsएकै दिन देशभर १७ स्थानमा आगलागी – KhabarHost

एकै दिन देशभर १७ स्थानमा आगलागी – KhabarHost



१७ मंसिर, काठमाडौं । सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटना हुन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटना रेकर्ड गरिएकोमा १७ वटा आगलागीका मात्रै घटना थिए ।

बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमण रहेका थिए ।

सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको छ । प्राधिकरणका अनुसार आगलागीका कारण ८२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More