― Advertisement ―

अमेरिकी नौसेनाले भर्खरै आफ्नो विमान वाहकहरूलाई समुद्रमा मानवरहित विमानहरू नियन्त्रण गर्न समर्पित कमाण्ड सेन्टर दिएको छ।

USS Theodore पहिले नै कारको लागि तयार छ। MQ-25 अपरेसनहरूUS नौसेनाले क्यारियरहरूमा मानवरहित विमानहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास गर्न वर्षौं बिताएरोनाल्ड रेगनले अगस्त...
HomeLatest newsउम्मेदवारका लागि जेनजी युवाको सिफारिस अनिवार्य – KhabarHost

उम्मेदवारका लागि जेनजी युवाको सिफारिस अनिवार्य – KhabarHost


५ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतलाई सर्कुलर गरेको छ ।

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न जेनजी युवा अनिवार्य सिफारिस गर्नुपर्ने मापदण्ड बनाएको छ ।

सर्कुलरमा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा पाँच जनालाई प्रत्यक्षतर्फ सिफारिस गर्न भनिएको छ ।

‘सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने,’ प्रत्यक्षतर्फको मापदण्डमाबारे सर्कुलरमा लेखिएको छ, ‘सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।’

नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्दा कम्तिमा दुई महिलाको नाम पठाउनुपर्ने मापदण्ड बनाएको छ ।

‘एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तिमा दुई महिलासहित चार जना सिफारिस गर्ने,’ सर्कुलरमा भनिएको छ, ‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।’

सर्कुलरमा सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिहरूले दुई महिला र दुई पुरूषका दरले चार–चार जना सिफारिस गर्नुपर्ने उल्लेख छ ।

‘संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेशी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने,’ समानुपातिक उम्मेदवार सिफारिसबारे भनिएको छ, ‘शहीद परिवार, वेपत्ता परिवार, द्वन्द्व-पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।’

नेपाली कम्युनिष्ट पार्टीको सर्कुलर

उम्मेदवारको योग्यता र मापदण्ड

आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनु पर्नेछ ।

आधारभूत कानुनी योग्यता

प्रतिनिधिसभा उम्मेदवारका लागि २५ वर्ष र राष्ट्रियसभाको उम्मेदवारका लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।

मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने ।

संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने ।

राष्ट्रियसभा, प्रदेश सभा, स्थानीय तहका पदमा बहालवाला हुन नहुने ।

ख. आर्थिक स्वच्छता र पारदर्शिता

अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने ।

कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने ।

कुनै पनि प्रकारको कालो सूचीमा नरहेको हुनुपर्ने ।

सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने ।

कुनै कारोबारमा संलग्न भए कर÷राजस्वमा अद्यावधिक भएको हुनुपर्ने ।

निर्वाचन आयोगले तोके अनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने ।

पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने ।

सामाजिक आचरण र व्यवहार

सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने ।

जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभाव सम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने ।

घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने ।

राजनीतिक तथा वैचारिक प्रतिबद्धता

राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवद्ध हुनुपर्ने ।

पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने ।

आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने ।

सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने ।

जनतामा लोकप्रिय हुनुपर्ने ।

२) उम्मेदवारको सिफारिस

क) उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ

विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने ।

नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने ।

सार्वजनिक संवाद कला हुनुपर्ने ।

राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने ।

विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने ।

३) सिफारिस गर्ने संख्या

प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको सिफारिस निम्नानुसारको संख्यामा गर्नुपर्ने छ ।

क) प्रत्यक्षतर्फ

हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने ।

सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने ।

सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।

ख) समानुपातिकतर्पm

एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।

सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

उपत्यका विशेष प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने ।

शहीद परिवार, वेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक     रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने ।

एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।

ग) राष्ट्रिय सभातर्पm

राष्ट्रियसभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने ।

राष्ट्रियसभाका लागि प्रदेशले यस पटक निर्वाचन हुने प्रत्येक क्लष्टरबाट बढीमा ५–५ जना सिफारिस गर्ने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More