― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsउज्यालो पार्टीका संरक्षक उपाध्याय परिवर्तन पार्टीको एक नम्बर सूचीमा

उज्यालो पार्टीका संरक्षक उपाध्याय परिवर्तन पार्टीको एक नम्बर सूचीमा


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो पार्टीका संरक्षक अनुपकुमार उपाध्यायलाई समानुपातिक सूचीको खसआर्य पुरुषतर्फ एक नम्बरमा राखेको छ।
  • कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीले नेतृत्व परिवर्तनपछि रास्वपाबाट आएका नेताहरु राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा परेका छन्।
  • उपाध्याय उज्यालो पार्टी अध्यक्ष हुँदा पार्टी रास्वपामा मिसिएको थियो र उनीसहितका नेताहरु रास्वपाको समानुपातिक सूचीमा थिए।

४ माघ, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालका संरक्षक अनुपकुमार उपाध्यायलाई राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिक सूचीको एक नम्बरमा राखेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेका बन्दसूचीमा उपाध्याय खसआर्य पुरुषतर्फ एक नम्बरमा छ । उज्यालो पार्टीले नेतृत्व परिवर्तन गरेर कुलमानलाई ल्याउनुअघि उपाध्याय अध्यक्ष थिए ।

उपाध्याय अध्यक्ष हुँदा नै रास्वपामा यो पार्टी मिसिएको थियो । त्यसबेला उपाध्यायसहित उज्यालो पार्टीका नेताहरू रास्वपाको समानुपातिक सूचीमा बसेका थिए ।

मन्त्रीबाट घिसिङले राजीनामा दिएपछि रास्वपाबाट अग्गिएर उज्यालो पार्टीमै सक्रिय हुने निर्णय गरेका थिए ।

यो निर्णय लगत्तै घिसिङ तर्फका नेताहरु रास्वपाको समानुपातिक सूचीबाट हटेका थिए । अहिले आयोगले सार्वजनिक गरेको सूचीमा उनीहरु प्रिवर्तन पार्टीको समानुपातिक सूचीमा प्राथमिकतमा परेका छन् ।

उपाध्याय खसआर्य पुरुषको एक नम्बरमा हुँदा महेन्द्र सुन्दर लावती आदिबासी जनजाति पुरुषतर्फ एक नम्बरमा छन् । दोस्रो नम्बरमा डकेन्द्रसिंह थेगिम छन् ।





Read More