― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsईयूले युक्रेनलाई दिने ९० अर्ब ऋणको स्रोत के हो ? – KhabarHost

ईयूले युक्रेनलाई दिने ९० अर्ब ऋणको स्रोत के हो ? – KhabarHost



६ पुस, काठमाडौं । युरोपेली संघ (ईयू)ले रूसविरुद्ध युक्रेनलाई सहयोग गर्न ९० अर्ब युरोको ऋण लिने विषयमा सहमति जनाएको छ । यो रकम युक्रेनलाई क्रमश: उपलब्ध गराइनेछ र केही सर्तहरूमा आधारित हुनेछ । तर ईयूका तीन सदस्य राष्ट्र– हंगेरी, स्लोभाकिया र चेक गणराज्यले यस अभियानमा सहभागी नहुने निर्णय गरेका छन् ।

यसअघि युरोपेली संघभित्र रहेका रूसी सम्पत्तिका आधारमा युक्रेनलाई ऋण दिने प्रस्ताव आएको थियो, तर त्यसमा आपसी सहमति जुट्न सकेन ।

ईयूको यो आर्थिक सहयोग युक्रेनको आगामी दुई वर्षको बजेट र हतियारसम्बन्धी आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ ।

पैसा कहाँबाट जुटाइनेछ ?

युरोपेली संघ वा उसका सदस्य राष्ट्रहरूसँग हाल ९० अर्ब युरोको अतिरिक्त रकम उपलब्ध नभएकाले, युरोपेली आयोगले बजारबाट ऋण उठाउनेछ । यसका लागि साना–ठूला बन्ड जारी गरिनेछ ।

युक्रेनलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न अप्रिल २०२६ सम्म नयाँ आर्थिक सहयोग आवश्यक पर्ने आयोगको अनुमान छ ।

हालको ब्याजदर अनुसार, ९० अर्ब युरोको ऋणमा वार्षिक करिब ३ अर्ब युरो ब्याज तिर्नुपर्नेछ । सदस्य राष्ट्रहरूले आफ्नो आर्थिक क्षमताअनुसार ब्याजको भार बहन गर्नेछन् । यसअनुसार जर्मनी, फ्रान्स, इटली, स्पेन र पोल्यान्डमा सबैभन्दा बढी बोझ पर्नेछ ।

आयोगले यो सामूहिक ऋणलाई सदस्य राष्ट्रहरूको घरेलु ऋणमा गणना नगर्ने जनाएको छ, किनकि यो ऋण युरोपेली संघको तहमा मात्र लिइँदैछ ।

रूसबाट क्षतिपूर्ति पाएपछि मात्रै युक्रेनले ऋण फिर्ता गर्ने

ईयूको निर्णयअनुसार, रूसले युद्ध अन्त्य गरी क्षतिपूर्ति तिरेको अवस्थामा मात्रै युक्रेनले ९० अर्ब युरो फिर्ता गर्नुपर्नेछ । तर मस्कोले कुनै पनि प्रकारको क्षतिपूर्ति तिर्ने सम्भावनालाई अस्वीकार गरिसकेको छ ।

यसकारण आयोगले ऋणको भुक्तानी समयावधि अगाडि सार्दै लैजाने तयारी गरिरहेको छ, ताकि युक्रेनले आफ्नै खल्तीबाट पैसा तिर्न नपरोस् ।

दीर्घकालमा, ब्याज तिर्नु नपर्ने गरी ९० अर्ब युरोको ऋण पूर्ण रूपमा खारेज गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय युरोपेली संघले गर्नुपर्नेछ ।

यसका लागि सबैभन्दा सहज उपाय युरोपेली संघको बजेट हुनेछ, जसले अन्तिम ग्यारेन्टीका रूपमा काम गर्नेछ र लगानीकर्ताहरूलाई रकम फिर्ता हुने सुनिश्चित गर्नेछ ।

तीन देश किन यस अभियानबाट बाहिरिए ?

पछिल्ला महिनाहरूमा युरोपेली संघले युक्रेनलाई आर्थिक सहयोग दिन विभिन्न उपाय खोजिरहेको थियो । ईयूभित्र रहेका रूसी सम्पत्तिका आधारमा सहयोग गर्ने प्रयास असफल भएपछि बजारबाट ऋण उठाउने निर्णय गरियो ।

तर हंगेरी, स्लोभाकिया र चेक गणराज्यले यसमा सहमति दिन छुटको माग गर्दै भिटो प्रयोग गरे । किनभने हालको नियमअनुसार युरोपेली संघको बजेट गैर–ईयू देशहरूका लागि रकम जुटाउन प्रयोग गर्न पाइँदैन । यो नियम परिवर्तन गर्न सबै सदस्य राष्ट्रहरूको सहमति आवश्यक पर्छ ।

यसरी बाँकी २४ सदस्य राष्ट्रहरूले मात्र ब्याजको भार वहन गर्नेछन् । यद्यपि तीन देश सहभागी नहुँदा खासै ठूलो असर पर्ने छैन, किनकि ती देशहरूको सकल राष्ट्रिय आय ईयूको कुल आयको करिब ३.६४ प्रतिशत मात्र हो ।

‘मेड इन युरोप’ अनिवार्य शर्त

ऋणका सर्तहरूमध्ये ‘मेड इन युरोप’ एक महत्वपूर्ण शर्त हुनेछ । यसले ९० अर्ब युरो युक्रेन र युरोपकै रक्षा उद्योगलाई सुदृढ गर्न प्रयोग होस् भन्ने उद्देश्य राख्छ ।

युरोप बाहिरबाट उपकरण खरिद गर्नुपर्ने अवस्था त्यतिबेला मात्रै हुनेछ, जब ती सामग्री युरोपमै उपलब्ध नहुने प्रमाणित हुन्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More