― Advertisement ―

बढ्दो मूल्यले लाखौं खरिदकर्ताहरूलाई २०२६ मा नवीकरण गरिएका यन्त्रहरूतर्फ धकेल्ने भएकाले नयाँ स्मार्टफोनको बिक्री घट्दै गइरहेको छ।

स्मार्टफोनको %c8 प्राथमिक प्रतिवेदनमा अनुमानित छ। 2026प्रवेश स्तरको स्मार्टफोनको मूल्य यस वर्ष ५०% भन्दा बढि बढेको छनविकरण गरिएको स्मार्टफोनको बिक्री सन् २०२६ को पहिलो...
HomeLatest newsइस्ट बंगालकी फजिला बनिन् साफ महिला क्लब च्याम्पियनसिपकै सर्वोत्कृष्ट खेलाडी

इस्ट बंगालकी फजिला बनिन् साफ महिला क्लब च्याम्पियनसिपकै सर्वोत्कृष्ट खेलाडी


राष्ट्रिय

समाचार.

  • साफ महिला क्लब च्याम्पियनसिपमा इस्ट बंगालकी कप्तान फजिला इक्वापुट सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
  • फजिलाले प्रतियोगितामा ९ गोल गरिन् र गोल्डेन बूटसहित एक हजार अमेरिकी डलर पुरस्कार जितिन्।
  • इस्‍ट बंगालकी गोलरक्षक इलाङबाम पान्थोइ सर्वोत्कृष्ट गोलरक्षक घोषित भइन् र टोलीले फाइनलमा एपीएफलाई ३-० ले हरायो।

५ पुस, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको विजेता टोली इस्ट बंगालकी कप्तान फजिला इक्वापुट प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

प्रतियोगिताभर कुल ९ गोल गरेकी फजिलाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले एक हजार अमेरिकी डलर पनि प्राप्त गरिन् ।

यस्तै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बूट पनि फजिलाले नै प्राप्त गरिन् । उनले प्रतियोगितामा एक ह्‍याट्रिक पनि गरेकी थिइन् । नसरिन स्पोर्ट्स एकेडेमीविरुद्धको खेलमा एक्लै ५ गोल गरिन् ।

सर्वोत्कृष्ट गोलरक्षक पनि इस्ट बंगालकै गोलरक्षक इलाङबाम पान्थोइ घोषित भइन् । इस्ट बंगालले प्रतियोगिताभर कुनै पनि गोल बेहोरेन । त्यसमा मुख्य नायक इलाङबाम नै बनिन् ।

यस्तै भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो ।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा इस्ट बंगालले एपीएफमाथि ३-० को जित हासिल गरेको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

सर्वाधिक गोलकर्ताको अवार्ड लिँदै फजिला
सर्वोत्कृष्ट गोलरक्षक इलाङबाम पान्थोइ
विजेताको ट्रफी र चेक लिँदै इस्ट बंगालकी कप्तान फजिला
उपविजेताको चेक लिँदै एपीएफकी कप्तान अनिता बस्नेत





Read More