― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsइराकमा कार्यरत ३० हजार नेपालीले श्रम स्वीकृति पाउने

इराकमा कार्यरत ३० हजार नेपालीले श्रम स्वीकृति पाउने


राष्ट्रिय

समाचार.

  • सरकारले इराकमा लामो समयदेखि कार्यरत ३० हजार नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
  • सरकारले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति दिने निर्णय १० पुसको मन्त्रिपरिषद् बैठकले गरेको थियो।
  • इराकमा घरेलु कामदारका रूपमा बेचिएका नेपाली महिलाहरू श्रम शोषण र यौन हिंसामा परिरहेका छन् भने उद्धारका लागि अनुरोध गरिरहेका छन्।

१३ पुस, काठमाडौं । इराकमा लामो समयदेखि कार्यरत ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका छन् ।

सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी दिए ।

१० पुसमा बसेको मन्त्रिपरिषद् बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयले परराष्ट्र र कानुन मन्त्रालयको सहमति माग गरेको थियो । दुवै मन्त्रालयबाट सहमति प्रदान भएपछि निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।

दशकौंंदेखि इराकमा कार्यरत नेपाली श्रम स्वीकृति पाएका थिएनन् । उनीहरू नेपालको अभिलेखमा समेत समावेश थिएनन् । जसले गर्दा उनीहरू लामो समयदेखि नेपाल आउजाउ गर्नबाट वञ्चित  थिए । इराकको आवासीय कार्य भएका उनीहरूले श्रम स्वीकृतिका कारण नेपाल आउन र नेपालबाट फर्किन पाउने अवस्था थिएन ।

मन्त्री भण्डारीले इराकमा वर्षौंदेखि काम गर्दै आएका नेपाली नेपाल सरकारको अभिलेखमा नभएको र अभिलेखीकरण गर्ने निर्णयसँगै राहत मिल्ने बताए ।

इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएका बेला आवेदन दिए श्रम स्वीकृति दिने निर्णय गरिएको हो ।

१५ भदौ २०६१ मा इराकमा १२ नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो ।

सरकारले यसअघि पनि २०६७ सालमा इराकमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा काम गरिरहेका नेपाली कामदारलाई वैध हैसियत दिने निर्णय गरेको थियो ।

अमेरिकी सेनाको ‘कन्ट्र्याक्ट कमान्ड’ (सेन्टाम) ले नेपालीलाई वैधता नदिए नेपाल पठाउने भन्दै २० दिने अल्टिमेटम दिएको थियो । त्यसपछि सरकारले वैधता दिएको थियो ।

१२ नेपालीलाई नियन्त्रणमा लिएर हत्या गरिएपछि नेपालमा  सडक प्रदर्शन भएको थियो । त्यसपछि नेपालीलाई इराकमा कामदारका रूपमा जान प्रतिबन्ध लगाइएको थियो । जुन आजसम्म पनि हटेको छैन ।

तै पनि नेपालीहरू अवैध बाटोबाट जाने गरेका छन् । नेपालबाट इराक जान प्रतिबन्ध भएपछि भारतीय मार्ग तथा दुबई हुँदै जाने नेपालीको संख्या ठूलो छ ।

पछिल्लो समय दलालहरूको फन्दामा परेर नेपाली महिला इराकमा बेचिने गरेका छन् । भिजिट भिसामार्फत दुबईसम्म पुग्ने र त्यहाँबाट इराक, ओमान लगायत देशमा घरेलु कामदारका रूपमा नेपाली महिला लैजाने गरिएको छ । यसअघि नै गएर काम गर्दै आएकाका हकमा मात्रै श्रम स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको हो ।

इराकमा नेपालीलाई काम गर्न जान प्रतिबन्ध भएका कारण नयाँलाई श्रम स्वीकृति प्रदान नगरिने मन्त्रालयले जनाएको छ । उतै लामो समयदेखि बसेकाहरूको हकमा मात्रै यो निर्णय भएको मन्त्री भण्डारीले बताए ।

अनुहार हेरेर बेचिन्छन् नेपाली महिला

विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने संस्था वैदेशिक रोजगार उद्धार नेपालका अनुसार इराक पुर्‍याइएका नेपाली महिला घरेलु काममा लगाइन्छन् । कामदार आपूर्ति गर्ने कम्पनीले नेपाली महिलालाई इराकी नागरिकका घरमा बिक्री गर्ने गरेको अध्यक्ष इन्द्रलाल गोलेले बताए ।

‘शरीर, अनुहार हेरेर महिलाको मोलमोलाइ गरिन्छ,’ उनले भने, ‘५ देखि ८ हजार अमेरिकी डलरसम्म उनीहरूलाई इराकीका घरमा कामदारका रूपमा बेचिन्छ ।’

त्यसरी घरेलु कामदारका रूपमा बेचिएका महिला भने सुरक्षित नभएको उनको भनाइ छ ।

‘घरेलु कामदारमा बेचिएका महिला श्रम शोषण र हिंसामा परिरहेका हुन्छन्। कतिपय महिला त यौन शोषणमा परेर बच्चा जन्माउने गरेका छन्, उद्धार गरिएका केही भने बच्चा बोकेर नेपाल आएका छन्,’ गोलेले भने ।

इराकमा घरेलु काम गर्नेहरूले कम्तीमा १५/१६ घण्टा काम गर्नुपर्छ । समस्यामा परेका महिलाको उद्धारका लागि दिनहुँजसो फोन आउने गरेको अध्यक्ष गोलेले बताए ।

उनका अनुसार हरेक दिन इराकमा समस्यामा परेका महिलाले उद्धारका लागि अनुरोध गर्दै आएका छन् । सोही अनुसार वैदेशिक रोजगार विभाग, इराकमा रहेका विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गर्दै आएको उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More