― Advertisement ―

HomeLatest newsइन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै एआईजी अधिकारी

इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै एआईजी अधिकारी



१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ ।

हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औं इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेको हो ।

उक्त महासभा आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुँदैछ । यसअघि यस्ता महासभामा प्रहरी महानिरीक्षक (आईजीपी) लाई नै पठाउने गरिएको थियो ।

तर, आईजीपी चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाँदैछन् ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण खापुङ २६ कात्तिकको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।

आईजीपी अवकाशमा गएको दुई हप्तापछि हुने भ्रमणको स्वीकृति सरकारले एआईजी अधिकारीलाई दिइसकेको छ ।





Read More