― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsइन्जिनियर सोनमको फेसन यात्रा – KhabarHost

इन्जिनियर सोनमको फेसन यात्रा – KhabarHost


राष्ट्रिय

समाचार.

  • कुनै दिन फेसन डिजाइनर बन्छु भनेर सोचेका थिएनन्।

सन् २०२० सम्ममा सोनम सुब्बा लिम्बुको कथा अर्कै थियो ।

खासमा पूर्वी नेपालको इलाममा चिया खाँदै हुर्केका सोनम त्यसबेला इन्जिनियरिङ कोर्स गरिरहेका थिए । उनको भविष्यको योजना नै इन्जिनियर बन्ने थियो ।

अनि सके अस्ट्रेलिया गएर मास्टर्स, पीएचडी गर्ने र त्यसपछि इन्जिनियरको रूपमा काम गर्दै स्थिर जीवन बिताउने ।

अहिले उनको कथा फेरिएको छ । उनीसँग ठोक्किने पात्रहरूमा बदलाव आएको छ । २०२० पछि उनी बिल्कुलै नयाँमा यात्रामा होमिए– फेसन डिजाइनिङ ।

यो उनको बाल्यकालीन सपना पनि थियो । सात वर्षको उमेरदेखि नै उनले यस क्षेत्रमा रुचि राख्थे। तर पनि कुनै दिन फेसन डिजाइनर बन्छु भनेर सोचेका थिएनन् । मान्छेको रुचिलाई केले छेक्न सक्छ र !

काठमाडौँ आएपछि उनले हरेक शुक्रबारको टिजीआईएफ खण्डमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सेलिब्रेटीहरूको बारेमा हेर्ने र अध्ययन गर्ने गर्थे । त्यो समय फेसन डिजाइनिङलाई करिअरको रूपमा हेरिँदैनथ्यो । करिअर भन्नाले कि त डाक्टर, इन्जिनियर वा शिक्षक बुझिन्थ्यो ।

त्यसकारण सोनम पनि इन्जिनियर बन्ने सपनाको यात्रामा थिए । र, त्यो पूरा गर्न लागिपरेका थिए । २०२० मा अचानक आएको कोभिड महामारीले उनको सपनामा ब्रेक लगाइदियो ।

अझ ब्याक गिएर नै लगाइदियो । त्यो कहालीलाग्दो समयमा देशका धेरै व्यवसायहरू बन्द हुने तरखरमा । उनले भने त्यही समयमा अवसर देखे । र, सम्पूर्ण ऊर्जा, जोश, जाँगर लगाएर आफ्नो बाल्यकालीन सपनाको बीउ रोप्न लागे ।

त्यो कहालीलाग्दो समयमा देशका धेरै व्यवसायहरू बन्द हुने तरखरमा । उनले भने त्यही समयमा अवसर देखे । र, सम्पूर्ण ऊर्जा, जोश, जाँगर लगाएर आफ्नो बाल्यकालीन सपनाको बीउ रोप्न लागे ।

सोनम भाग्यमा पनि विश्वास गर्छन् । त्यस भन्दाबढी श्रममा । ‘कडा परिश्रम गरे बाटो आफैं राम्रो बन्दै जान्छ’ उनको विश्वास छ । उनको यात्रा ठिक त्यस्तै भइदियो । त्यसको प्रतिफल उनले पाउँदै गए । फेसन उद्योगमा प्रगति हुँदै गयो ।

यद्यपि सोनमले कुनै औपचारिक फेसन स्कुलमा गएर शिक्षा लिएका छैनन् । ‘लड्दै लड्दै सिकिन्छ’ भनेझैँ आफैँले अभ्यास गर्दै उनले यो क्षेत्रको धेरै ज्ञान हासिल गर्दै गए ।

सुरुमा उनले यो काम घरको एउटा कोठाबाट सुरु गरे ।  कोभिड कालमा बनाएका सामग्री साथीभाइलाई दिँदै उनले व्यापार विस्तार गरेका थिए ।

यदि उनीहरूले सोनमका ‘लोयल’ ग्राहक बन्दैनथे भने आज उनी यहाँसम्म नआइपुग्न सक्थे । त्यसकारण उनी आफूलाई त्यो समय विश्वास गर्ने ग्राहकप्रति विशेग आभार व्यक्त गर्छन् ।

आज उनी जहाँ छन्, त्यसको श्रेय उनै ग्राहकहरूलाई दिन्छन् ।



२०२१ मा उनले अलि ठूलो फड्को मारे । त्यसबेला उनी ‘आइडिया स्टुडियो सिजन फाइभ’ मा प्रतिस्पर्धा गरिरहेका थिए । एक्कासी उनलाई मिस युनिभर्स नेपालका लागि गाउन बनाउने अवसर मिल्यो ।

उनले त्यो अवसरलाई खेर जान दिएनन् । सक्दो मेहनत गरे । उनले बनाएको गाउनले नेपालमा एकदमै ठूलो चर्चा पायो । अनि फेसन उद्योगले समेत उनलाई नोटिस गर्न थाल्यो । कामहरूको प्रस्ताव आउन थाल्यो ।

सुरुका दिनमा उनले त्यस्तो हुन्छ भनेर कल्पना समेत गरेका थिएनन् । यसबाट नाम कमाउने वा चर्चित हुने त झन सोचेकै थिएनन् । उनको एउटै ध्याउन्न थियो- हरेक दिन, महिना वा वर्षमा आफ्नो कामलाई अघिल्लो भन्दा अझै राम्रो बनाउने । दिनको १८ देखि २० घण्टासम्म गरेको मेहनतको नतिजा उनले छोटो समयमै देखे ।

सुरुका दिनमा उनले त्यस्तो हुन्छ भनेर कल्पना समेत गरेका थिएनन् । यसबाट नाम कमाउने वा चर्चित हुने त झन सोचेकै थिएनन् । उनको एउटै ध्याउन्न थियो- हरेक दिन, महिना वा वर्षमा आफ्नो कामलाई अघिल्लो भन्दा अझै राम्रो बनाउने । दिनको १८ देखि २० घण्टासम्म गरेको मेहनतको नतिजा उनले छोटो समयमै देखे ।

उनको अर्को सफलताको महत्त्वपूर्ण पाटो भनेको अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाको प्रदर्शन हुनु हो । अहिलेसम्म उनले नेपालका सबै अन्तर्राष्ट्रिय पेजेन्ट्रीहरूसँग काम गरिसकेका छन् ।

हालै मात्र मिस कस्मो इन्टरनेसनल २०२५ भियतनाममा उनले डिजाइन गरेको राष्ट्रिय कस्ट्युम ‘टप १५’ भित्र पर्न सफल भयो । उनका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय कस्ट्युम टप १५ भित्र परेको यो पहिलो अवसर हो।

त्यस कस्ट्युम बनाउन उनले गोरखा दरबारको काष्ठकला (आँखीझ्याल) बाट प्रेरणा लिएका थिए । नेपालको काष्ठकला अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नुपर्छ भनेर त्यो कस्ट्युम बनाएको उनी सुनाउँछन् ।

त्यससँगै उनले मिस युनिभर्स २०२३ की विजेता सेनिस पलासिओस (निकारागुवा) र मिस ग्लोब २०२४ (पेरु) का लागि पनि डिजाइनरको रूपमा काम गर्ने अवसर पाइसकेका छन् ।

आफ्नो रुचिलाई पछ्याउँदै यहाँसम्म आइपुगेका सोनमले इन्जिनियर बन्ने आफ्नो सपनालाई पनि पूरा गरे । केहीअघि सम्म पनि उनी अन्नपूर्ण अस्पताल र नेपाल सरकारसँग आबद्ध भएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा इन्जिनियरका रूपमा पनि कार्यरत थिए । इन्जिनियर भएर काम गर्दा पनि उनले निकै प्रशंसा बटुले ।

तर पनि उनलाई आफ्नो रूचिले बढी तान्यो । फलतः उनले अहिले सरकारी जागिरबाट राजीनामा दिइसकेका छन् । त्यसयता भने उनी पूर्णरूपमा फेसन डिजाइनिङको यात्रामा छन् ।

अब जसरी हुन्छ सोनम नेपालको फेसन उद्योगलाई अझ माथि लैजाने सोचमा छन् । उनको अनुभवमा पाँच वर्षअघिको तुलनामा अहिले आर्थिक वृद्धि र आयका हिसाबले पनि फेसन उद्योग धेरै राम्रो भइसकेको छ ।

त्यसको गतिलो उदाहरण त उनी आफैं‍ पनि छन् । अहिले उनी आफैंले २० जनाभन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष तरिकाले रोजगारी दिइरहेका छन् ।

अब अर्को वर्ष नै त्यो संख्यालाई उनी ५० जना पुर्‍याउन चाहन्छन् ।

यसरी कोभिड महामारीले बदलिदिएको जीवन यात्राको वहाबलाई उनले नयाँ उचाइमा पुर्‍याइसकेका छन् । रूचिको क्षेत्रमा केही गर्न पाउँदा खुसी पनि छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More