― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsइटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमा उत्रिए आफन्त

इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमा उत्रिए आफन्त



१० माघ, काठमाडौं । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा घर भएका अन्दाजी ४५/४६ वर्षका पूर्णबहादुर राई रहेका छन् ।

‘ट्रकले साइकल यात्रीलाई ठक्कर दिएको थियो । उपचारका लागि धरा लगिएकोमा धरानमा मृत्यु भएको छ,’ एसपी थेबेले अनलाइनखबरसँग भने, ‘त्यही विषयलाई लिएर चोकमा भेला भएका थिए । अहिले प्रहरीले सम्झाइबुझाइ गरिरहेको छ ।’

अहिले इटहरी चोकमा ठूलो संख्यामा मान्छेहरू जम्मा भएका छन् । मृतकका आफन्तहरू ट्रक चालकलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीले ट्रक भने नियन्त्रणमा लिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More