― Advertisement ―

HomeLatest newsइजिप्टले जिम्बाबेलाई हरायो – KhabarHost

इजिप्टले जिम्बाबेलाई हरायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • अफ्रिका कप अफ नेसन्स समूह ‘बी’ को पहिलो खेलमा मोहमद सालाहले अतिरिक्त समयमा गोल गर्दै इजिप्टलाई जिम्बाबेलामाथि २–१ को जित दिलाए।
  • जिम्बाब्वेले २०औं मिनेटमा प्रिन्स दुवेको गोलले अग्रता लिएको थियो भने ओमार मर्माउशले ६४औं मिनेटमा बराबरी गोल गरे।
  • समूह ‘बी’ मा दक्षिण अफ्रिकाले एङ्गोलालाई २–१ गोलअन्तरले हराएको छ र अब इजिप्टले दक्षिण अफ्रिकासँग खेल्नेछ।

८ पुस, काठमाडौं । मोहमद सालाहले खेलको अन्तिम समयमा गोल गर्दै अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई जित दिलाएका छन् ।

समूह ‘बी’ को पहिलो खेलमा इजिप्टले जिम्बाबेलाई २–१ गोलअन्तरले हराएको हो ।

जिम्बाब्वेले २०औं मिनेटमा अप्रत्याशित रूपमा गोल गर्दै अग्रता लिएको थियो। प्रिन्स दुवेले गोल गरेका थिए ।

दोस्रो हाफको ६४औं मिनेटमा ओमार मर्माउशले बराबरी गोल गरे। खेल बराबरीमै सकिने जस्तो देखिँदा अतिरिक्त समयमा सालाहको प्रहार गोलमा परिणत भयो।

यो जितसँगै इजिप्टले समूह ‘बी’मा ३ अंक जोडेको छ । अब इजिप्टले दक्षिण अफ्रिकासँग तथा जिम्बाबेले एङ्गोलासँग खेल्नेछ ।

समूह बी कै अर्को खेलमा दक्षिण अफ्रिकाले एङ्गोलालाई २-१ गोलअन्तरले हरायो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More