― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsइजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन पर्सा प्रशासनको आग्रह

इजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन पर्सा प्रशासनको आग्रह



८ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सबै हतियारधनीलाई आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार बुझाउन भनिएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका नाममा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सामा अनिवार्य रूपमा बुझाउनुपर्ने छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन यस्तो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । ‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु राज्यको दायित्व हो । त्यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक छ,’ उनले भने ।

उनका अनुसार तोकिएको समयभित्र बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपछि, अर्थात् आगामी चैत २० गतेपछि सम्बन्धित हतियारधनीलाई नै फिर्ता गरिनेछ । हातहतियार बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन र मापदण्डअनुसार गरिने प्रशासनले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्रशासनले निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More