― Advertisement ―

सेमीकन्डक्टर स्टकहरूमा २०२० पछिको सबैभन्दा खराब हप्ता थियो – तर यो उनीहरूको सबै गल्ती थिएन

सेमिकनडक्टको रूपमा धेरै सेमिकनडक्टको रूपमा बजार। बजारले धेरै समाचार पचाउँदासोमबारमा सेयरमा हल्का सुधार भए पनि मंगलबार र बुधबार फेरि बिक्री भयो, जसले बाह्य कारकहरूद्वारा...
HomeLatest newsइजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु


इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्र



२ कात्तिक, काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ ।

सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको हो । गाजा शहरको जायतुन क्षेत्रमा एकै परिवारका सदस्यहरु बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका बेला इजरायली ट्यांकबाट गोली चलेको थियो ।

यो गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्धविराम भएपछिको सबैभन्दा घातक घटना हो ।

इजरायली सेनाले संदिग्ध गाडीमाथि गोली चलाएको स्वीकार गरेको छ । उसले पहेँलो रेखा पार गर्न खोजेपछि गोली चलाएको जनाएको छ ।

पहेँलो रेखाले इजरायल र गाजा क्षेत्रलाई छुट्याउँछ, जसलाई इजरायलले आफ्नो इलाका मान्दछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More