― Advertisement ―

ह्वाइट हाउसले चीनलाई अमेरिकी एआई प्रविधिको व्यवस्थित चोरी गरेको आरोप लगाएको छ

अमेरिकीले चीनलाई आरोप लगाएको छ। मोडेलहरूचिनियाँ कलाकारहरूले कथित रूपमा प्रोक्सी नेटवर्क र जेलब्रेकिङ प्रविधिहरू प्रयोग गरेका थिएअभियोगले क्षतिपूर्तिको अवधि पछि अमेरिका-चीन सम्बन्धमा तनाव ल्याउने...
Homeइजरायलले गाजामा १५३ टन बम खसाल्यो, नेतन्याहूले भने- हमासको पूर्ण विनाश आवश्यक...

इजरायलले गाजामा १५३ टन बम खसाल्यो, नेतन्याहूले भने- हमासको पूर्ण विनाश आवश्यक छ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संसद्‌मा भने, हामीले एक हातमा हतियार लिएका छौं र अर्को हातले शान्तिको प्रस्ताव गरिरहेका छौं।
  • अक्टोबर १९ मा इजरायली सेनाले गाजामा १५३ टन बम खसालेको नेतन्याहूले जानकारी दिए।
  • गाजामा युद्धविराम सुरु भएपनि इजरायलले ८० पटक सम्झौताको उल्लङ्घन गरेको र ९७ जनाको मृत्यु भएको गाजाका अधिकारीहरूले उल्लेख गरेका छन्।

४ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संसद्‌मा जानकारी दिए अनुसार अक्टोबर १९ मा इजरायली सेनाले गाजामा १५३ टन बम खसालेको थियो ।

नेतन्याहूले हमासले युद्धविराम तोडेर इजरायली सैनिकमाथि हमला गरेकोले यो कारबाही गर्नुपरेको दाबी गरे । यद्यपि, हमासले कुनै पनि हमला गरेको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

नेतन्याहूले संसदमा भने, ‘हामीले एक हातमा हतियार लिएका छौं र अर्को हातले शान्तिको प्रस्ताव गरिरहेका छौं ।’

उनले इजरायल आज पहिलेभन्दा बढी शक्तिशाली रहेको कुरामा जोड दिए ।

शान्ति शक्तिबाट मात्र आउने भएकोले हमासलाई पूर्ण रूपमा समाप्त पार्नु आवश्यक रहेको उनले बताए । अर्कोतर्फ, अमेरिकाका एक उच्च अधिकारीले युद्ध समाप्त भएपछि इजरायलले गाजाका जनतालाई मद्दत गर्नुपर्ने बताएका छन् ।

गाजाका अधिकारीहरूले युद्धविराम सुरु भएपछि इजरायलले ८० पटक सम्झौताको उल्लङ्घन गरेको उल्लेख गरेका छन् । यसबाट ९७ जनाको मृत्यु भएको छ र २३० जना घाइते भएका छन् ।

हमासका अनुसार, जुन क्षेत्रहरूमा हमला भयो, त्यहाँ उसको कुनै उपस्थिति थिएन ।

इजरायलका अनुसार, हमासले पहिले हमला गर्‍यो, त्यसैले जवाफ दिनुपरेको हो ।

अक्टोबर २०२३ मा सुरु भएको यस युद्धमा ६८,२०० मानिसहरू मारिएका छन् र १,७०,२०० घाइते भएका छन् ।

गाजामा खाद्यान्न र पानीको अभाव भएको छ र मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । हाल युद्धविराम जारी छ, तर दुवै पक्षले एक-अर्कालाई आरोप लगाइरहेका छन् । एजेन्सी





Read More