― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsइजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी



२२ कात्तिक, काठमाडौं । टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो ।

टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको उल्लेख छ । तर, पूरै सूची भने जारी गरिएको छैन ।

बीबीसीका अनुसार वारेन्ट जारी हुनेमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश छ ।

टर्कियेले उनीहरूमाथि ‘जनसंहार र मानवताविरूद्ध अपराध’ गरेको आरोप लगाएको छ । टर्कियेले भनेको छ- इजरायलले गाजामा ‘व्यवस्थित तरिकाले जनसंहार’ गरेको छ ।

टर्कियेको पछिल्लो कदमको इजरायलले विरोध गरेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कियेले लगाएको आरोपको निन्दा गर्दै खारेज गरे । ‘यो तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नामका ‘तानाशाह’ को नयाँ ‘पीआर शायरी’ हो,’ उनले भनेका छन् ।





Read More