― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsइंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा – KhabarHost

इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक भएको छ।
  • नेपाल समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँगै परेको छ र पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग हुनेछ।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ र नेपालका सबै खेल मुम्बईमा हुनेछन्।

९ मंसिर, काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।

भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ ।

नेपाली टोली २-२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।

यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।

नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने यो पहिलो अवसर हुनेछ । यसअघि नेपालले भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिकालगायतका टोलीसँग विभिन्न प्रतियोगितामा खेलिसकेको छ ।

गत संस्करणको टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो । त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो ।

विश्वकपका अन्य समूहमा भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका समूह ए मा छन् भने समूह बी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान छन् ।

समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन् ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।

नेपालको खेलतालिका : 

इंग्ल्यान्डसँग – फेब्रुअरी ८ (मुम्बई)
इटालीसँग – फेब्रुअरी १२ (मुम्बई)
वेस्ट इन्डिजसँग – फेब्रुअरी १५ (मुम्बई)
बंगलादेशसँग – फेब्रुअरी १७ (मुम्बई)

यस्तो छ पूरा खेलतालिका





Read More