― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsइंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने – KhabarHost

इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
  • पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ।

२८ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय रोय दाँयाहाते ओपनिङ ब्याटर हुन् ।

रोयले इंग्ल्यान्डका लागि ६४ टी-२०आई खेल्दा १५२२ रन बनाएका छन् । समग्र टी२० मा रोयले ४१२ खेल खेल्दा १० हजार भन्दा बढी रन बनाएका छन् ।

उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल लगायत विश्वका अधिकांश फ्रेन्चाइज लिगमा खेलेका छन् ।

सबैभन्दा सफल  भने भाइटालिटी ब्लास्टमा छन् जहाँ १४६ खेल खेल्दा ४१९८ रन बनाएका छन् ।

पोखराले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गर्दा गत संस्करणका बार्बडियन अलराउन्डर रेमन रेइफरलाई यसपटक पनि निरन्तरता दिएको छ । त्यस्तै इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।

यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More