― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsआवामी लिग – KhabarHost

आवामी लिग – KhabarHost


राष्ट्रिय

समाचार.

  • बंगलादेशको आवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले दिएको मृत्युदण्डको सजायलाई ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको छ।
  • आवामी लिगले मृत्युदण्डको सजाय खारेज गर्दै यो मुद्दा एउटा नाटकभन्दा बढी नभएको उल्लेख गरेको छ।
  • पार्टीले मंगलबार बंगलादेश बन्दको घोषणा गरी बुधबारदेखि शुक्रबारसम्म देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

२ मंसिर, काठमाडौं । बंगलादेशको आवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको छ ।

आवामी लिगले वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री हसिनालाई अदालतले दिएको मृत्युदण्डको सजाय खारेज गर्दै ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको हो ।

पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध चलाइएको मुद्दा एउटा नाटकभन्दा बढी केही पनि नभएको आवामी लिगको भनाइ छ ।

आवामी लिगले भनेको छ, ‘बंगलादेशका जनता, आवामी लिग र सबै मुक्तिसंग्रामका समर्थहरूको शक्तिले यो फैसलाविरूद्ध आन्दोलनको आँधी ल्याउने हामीले विश्वास गरेका छौं ।’

यसका साथै आवामी लिगले मंगलबार बंगलादेश बन्दको घोषणा गरेको छ । पार्टीले बुधबारदेखि शुक्रबारसम्म देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

‘एक निर्वाचित सरकारको स्थानमा अवैध, असंवैधानिक, गैर–निर्वाचित फाँसीवादी युनुस र उसका सहयोगीहरूले गैर–कानुनी ढंगबाट देशको सत्तामाथि कब्जा गरेका छन्,’ वक्तव्यमा भनिएको छ, ‘यसका साथै अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै एक अवैध ट्राइब्युनल स्थापित गरेका छन् ।’

 





Read More