― Advertisement ―

होम डिपोको स्प्रिङ ब्ल्याक फ्राइडे बिक्री मैले सोचेभन्दा राम्रो छ — यहाँ उपकरणहरू, आँगन फर्निचर, उपकरणहरू, र थपमा उत्कृष्ट सम्झौताहरू छन्।

होम डिपोको वार्षिक वसन्त ब्ल्याक फ्राइडे बिक्री प्रत्यक्ष हुन्छ, र यो सही समयमा आउँछ। मौसम न्यानो हुन थालेपछि, मल्च र आँगनका फर्निचरदेखि प्लान्टर्स, बाहिरी...
HomeLatest newsआलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल – KhabarHost

आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल – KhabarHost



१७ कात्तिक, काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका हुन् ।

उनीहरू नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा छलफलमा जुटेका हुन् ।

पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेको नेताहरूले बताएका छन् ।

हिजोमात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए ।

पार्टीको चुनाव चिन्ह तारा राखेका यी आठ दलले नाम भने घोषणा गरेका छैनन् ।





Read More