― Advertisement ―

TechRadar को साप्ताहिक क्रसवर्ड — पजल #3, शुक्रबार, अगस्त 14

अर्को शुक्रबार, र अर्को साप्ताहिक क्रसवर्ड तपाईंको लागि तयार छ। विगत सात दिनका सबैभन्दा ठूला समाचारहरूसँग सम्बन्धित केही सुरागहरूका साथै प्राविधिक ट्रिभिया र नर्डी...
HomeLatest newsआयोगका कोठा-कोठामा बसेर समानुपातिक सूची मिलाउँदै दलहरू

आयोगका कोठा-कोठामा बसेर समानुपातिक सूची मिलाउँदै दलहरू



१४ पुस, काठमाडौं । समानुपातिकतर्फको बन्द सूची बुझाउन राजनीतिक दलहरू मध्यरातसम्म पनि निर्वाचन आयोगभित्रै बसेर काम गरिरहेका छन् । समानुपातिकको बन्द सूची बुझाउने गरी आयोगमा धरौटी बुझाएर निस्सा लिएका दलका प्रतिनिधिहरू निर्वाचन आयोगका विभिन्न कार्यकक्षमा बसेर सूची मिलाइरहेका छन् ।

निर्वाचन आयोगका सचिव सहितका कार्मचारीका कार्यकक्षहरूमा अहिले दलका प्रतिनिधिहरू बसेका छन् । बाहिर चिसो धेरै छ । त्यसैले दलका नेताहरूले कार्मचारीहरूका कार्यकक्षमा बसेर काम गरिरहेका छन् । सचिवको कार्यकक्षमा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेसहितका नेताहरू छन् ।

कांग्रेसका मीन विश्वकर्मा लगायतका नेताहरु आयोगको इजलास कक्षमा बसेर काम गरिरहेका छन् । एमालेका निरज आचार्य सहितका नेताहरू पनि सूची मिलाइरहेका छन् । प्रलोपाका सन्तोष परियार लगायतका नेताहरू सूची मिलाउन व्यस्त छन् ।

समानुपातिक तर्फको सूची बुझाउनका लागि दलहरुले यसअघि नै तयारी नगरेका कारण अन्तिम समयमा उनीहरुलाई समस्या परेको हो । समानुपातिकतर्फ सूची बुझाउँदा दलले पठाएका नाममा व्यक्तिहरूका नागरिकता लगायतका डकुमेन्टहरु आवश्यक पर्छ ।

तस्वीरहरू : रघुनाथ बजगाईं/अनलाइनखबर





Read More