― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsआफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन – KhabarHost

आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन – KhabarHost



१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् ।

यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनायो ।

बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको स्रोतको भनाइ छ ।

सामाजिक सन्जालमा कांग्रेस नेता चन्द्र भण्डारीले पनि बालेनलाई भेटेर छलफल गरेको कुराहरु सार्वजनिक भएका छन् तर भण्डारीले अनलाइनखबरसँग आफूले बालेनलाई नभेटेको बताए  ।

नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले बुधबार राति बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गरे । उनले नयाँ शक्तिहरुलाई एकीकृत गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेको जानकारी दिए ।

उनले भने, ‘पुराना दलको विकल्पमा नयाँहरु एक भएर चुनावमा जाऔं भन्ने बालेनजीको प्रस्ताव थियो । हिजो एकसरो छलफल भयो । यस्ता छलफल निरन्तर अगाडि बढाउने कुरा छ ।’

आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् बालेन

गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।

बुधबार बालेनसँगको छलफलमा सहभागीहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् । छलफलमा सहभागी स्रोतले भन्यो, ‘देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बालेनको मुड बुझियो ।’

देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल छिन् । पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अध्यावधिक गरेर ‘देश विकास पार्टी’बनाइएको हो । चुनाव चिह्न ‘हाम्रो नेपाली पार्टी’कै लौरो नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव बालेनले लौरो चुनाव चिह्नबाटै जितेका थिए ।

रविको नेतृत्व बालेनले नस्वीकार्ने संकेत

यसअघि गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए ।

तर बुधबार कुपण्डोलको छलफलमा बालेनले रविको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेनजीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्न खोजेको संकेत गरे । ‘उहाँका कुराबाट के बुझियो भने रविसँग छलफल भए पनि पार्टीको नेतृत्व आफैंले गर्ने, अरुको नेतृत्वमा नजाने भन्ने हो,’ छलफलमा सहभागी एक नेताले भने ।

कमलपोखरी छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए ।

तर बुधबारको छलफलमा बालेनले रविको नेतृत्व नस्वीकार्ने संकेत गरेको एक नेताले बताए ।

चुनावी समीकरण मिलाउने प्रयास

बुधबार बेलुकी बालेनले जेनजीसहित विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेका छन् ।

कुमार बेनको घरमा भएको छलफलमा रक्षा बम, मिलन पाण्डेलगायतसँग बालेनले ‘वान टु वान’ छलफल पनि गरेका थिए ।

छलफलमा बालेनले अब आफू पार्टी राजनीतिमा आएको र त्यसको लागि सहयोग गर्न अनुरोध गरेका थिए । ‘अब म पार्टी राजनीतिमा आएँ । अब हामी सहकार्य गर्नुपर्छ । केही दिनमा यसको मोडालिटी टुङ्गिन्छ’, बालेनलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

स्रोतका अनुसार बालेन बहुमत कसरी ल्याउन सकिन्छ र त्यसको इक्वेसन कसरी मिलाउन सकिन्छ भन्नेमा देखिन्छन् । ‘जेहोस्, यो प्रारम्भिक छलफल हो । कुलमान जी, बालेन जी, जेनजीलगायतका नेताहरू सँगै भएर अघि बढ्ने विषयमा कुरा अघि बढेको छ’, स्रोतले भन्यो ।

बालेनले ऋषि धमलालाई भने- म झापाबाट चुनाव लड्छु, तपाईं कहाँबाट ?

बालेनसँगको छलफलमा सहभागी पत्रकार ऋषि धमलाका अनुसार बालेनले आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका थिए । झापाको क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ पनि उम्मेदवार सिफारिस भएका छन् ।

धमलाले अनलाइनखबरसँग भने, ‘बालेनले म झापा ५ बाट चुनाव लड्छु, तपाईं प्रत्यक्षमा लड्ने कि समानुपातिकमा बस्ने भनेर सोध्नुभयो ।’

‘अनि मैले म राजनीतिमा आएँ भने प्रत्यक्षमै लड्छु, समानुपातिकमा बस्दिनँ भनेँ,’ धमलाले बालेनसँग भएको कुराकानी सुनाए, ‘प्रत्यक्षमा कहाँबाट लड्ने भनेर सोध्नुभयो । मैले सोचेर भनौंला भनेको छु ।’

आज दिउँसो पनि बालेनसँग छलफल गर्ने सल्लाह गरेर छुट्टिएको धमलाले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More