― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsआन्दोलन शान्तिपूर्ण गर्ने, दल दर्ता गरेर चुनावमा जाने – KhabarHost

आन्दोलन शान्तिपूर्ण गर्ने, दल दर्ता गरेर चुनावमा जाने – KhabarHost


राष्ट्रिय

समाचार.

  • सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सिंहदरबारमा २६ कात्तिकमा वार्ता भएको छ।
  • प्रसाईं समूहले ७ मंसिरबाट शान्तिपूर्ण आन्दोलन गर्ने र २७ बुँदे माग गृह मन्त्रालयलाई ज्ञापनपत्रमार्फत् बुझाएको छ।
  • मन्त्रालयले संवैधानिक परिधिभित्र माग पूरा गर्ने सकारात्मक जवाफ दिएको र प्रसाईं समूहले दल दर्ता गरी चुनावमा जाने तयारी गरेको बताएको छ।

२६ कात्तिक, काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भयो । गृह मन्त्रालयमा बुधबार भएको वार्तामा प्रसाईंका प्रतिनिधिले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

छलफलका क्रममा प्रसाईं समूहले ७ मंसिरबाट हुने आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने बताएको गृह मत्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । ‘उहाँहरूले आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने ।

यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको छलफलपछि प्रसाईं समूहले औपचारिक पत्र लेख्दै आफ्ना मागहरूबारे ज्ञापनपत्र बुझाउन मन्त्रालयसँग माग गरेको थियो । सोही अनुसार आजको समय तोकिएकाले ज्ञापनपत्र बुझाउन आएको मन्त्रालयका प्रवक्ता काफ्लेले बताए ।

प्रसाईंको तर्फबाट २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । जहाँ संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रतक्ष्य निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मको माग राखेका छन् । पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।

त्यस्तै संविधान खारेज गरी बौद्ध किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।

त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाएर बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

प्रसाईं समूहको तर्फबाट माधवप्रसाद खतिवडा नेतृत्वमा देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापा मगर, तिजेन्द्रप्रसाद रायमाझी, मकबुल साह गरी ६ जना छलफलमा बसेका थिए । गृहमन्त्री अर्याललगायत मन्त्रालयका कर्मचारीसँग करिब २ घण्टा छलफल भएको बताइएको छ ।

उनीहरूले राखेका कतिपय माग राज्यले यसअघि नै पूरा गरिसकेको र केही मागहरूमा भने काम भइरहेको जवाफ मन्त्रालयले दिएको छ ।

‘संवैधानिक परिधिभित्र रहेर पूरा गर्ने मागमा गृह मन्त्रालय सकारात्मक छ भन्ने जवाफ दिएका छौं,’ मन्त्रालयका प्रवक्ता काफ्लेले भने ।

छलफलमा बसेका प्रसाईं समूहका व्यक्तिहरू भने वर्तमान सरकारले आफ्ना माग पूरा गर्ने आशा र अपेक्षा राखेका छौं भन्दै छलफलबाट निस्केका थिए । उनीहरूले संविधान विपरीतका मागहरू पनि राखेका छन् ।

छलफलकै क्रममा प्रसाईं समूहले दल दर्ता गरेर आफूहरू चुनावमा जाने तयारीमा रहेको पनि बताएको मन्त्रालय स्रोतले बतायो । ‘हामीसँग छलफल गर्दा उहाँहरूले दल दर्ताको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ । चुनावमा जाने इच्छा उहाँहरूले देखाउनु भएको छ,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

यता, छलफलबाट बाहिर निस्केपछि पत्रकारहरूसँग कुरा गर्दै महाअभियानका माधवप्रसाद खतिवडाले माग पूरा नभए आन्दोलन हुने बताएका छन् ।

‘हाम्रा मागप्रति संवेदनशील छौं भनेर मन्त्रीज्यूले भन्नुभएको छ । वार्ता र आन्दोलन दुवैको ढोका खुला छ । माग पूरा भए आन्दोलन रोकिन्छ । नत्र आन्दोलन जारी रहन्छ,’ उनले भने ।

आन्दोलन भने शान्तिपूर्ण हुने प्रसाईं समूहले बताएको छ । ‘यो मुलुकमा थुप्रै रक्तहीन क्रान्ति पनि भएका छन् । हामी कुनै हिंसात्मक प्रदर्शन गर्दैनौं । रगत नबगाइ व्यवस्था परिवर्तनका लागि आन्दोलनमा उत्रन्छौं,’ खतिवडाले भने ।

ढुंगामुडा नगर्ने, सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने, आगजनी नगर्ने दाबी प्रसाईं समूहले गरेको छ । तर सुरक्षा निकायले भने प्रसाईं समूहको आन्दोलन हिंसात्मक हुने विश्लेषण गरेका छन् । यो समूहले आन्दोलन गरेमा सुरक्षा चुनौती बढ्ने आकलन सुरक्षा निकायको छ ।

सोहीअनुसार सुरक्षा निकायले मन्त्रालयलाई ब्रिफिङ समेत गराएका छन् । गत शुक्रबार दिल्लीबाट फर्केपछि मात्रै प्रसाईं आफैं काठमाडौंका सुकुम्वासी बस्तीमा गएर भाषण गरेका थिए । काठमाडौं महानरपालिकाले ७ दिने अल्टिमेटम दिँदै सार्वजनिक जग्गा मिचेर बनाइएका संचरनाहरू भत्काउने बताएपछि त्यसको विरोधमा बोल्दै अराजक रूपमा प्रसाईंले भाषण गरेका थिए ।

७ मंसिरको आन्दोलनमा सुकुम्वासी बस्तीका मान्छेहरूलाई सडकमा उतार्न सक्ने सुरक्षा निकायको बुझाइ छ ।

यस्तै कवाड व्यवसायीहरू पनि अहिले महानगरविरुद्ध आन्दोलित छन् । उनीहरूलाई पनि समेटेर प्रसाईं समूहले अराजक आन्दोलन गर्नसक्ने बताइएको छ । यसैका लागि प्रसाईंले सुकुम्बासी बस्तीमा केही सहयोग गरेको ब्रिफिङसमेत गृहमा पुगेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More