― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsआन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा



२० कात्तिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २८ जेठ २०७७ सालमा ठेक्का दिएको थियो ।

तर, सो निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख६९ हजार ६४९ रुपैयाँ रकम आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा त्यसो नगरी फर्जी कागजात बनाएर राजस्व चुहावट गरेको अख्तियारको दाबी छ ।

कर अधिकृत आले र बस्नेतले आपसी मिलेमतोमा आन्तरिक राजस्व कार्यालय धरानबाट ३० चैत २०७७ सालमा भ्याट दाखिला गरेको भनी नगरपालिकालाई झुट्टा लिखत बनाई पत्राचार गरी राजस्व छली गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनीहरूविरुद्ध जनही १ करोड २३ लाख ६९ हजार  ६४९ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।





Read More