― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsआना शर्मा स्टारर ‘रमिताको पिरती’ को टिजर सार्वजनिक

आना शर्मा स्टारर ‘रमिताको पिरती’ को टिजर सार्वजनिक


राष्ट्रिय

समाचार.

  • आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ को टिजर सार्वजनिक भएको छ।
  • फिल्ममा आना शर्मा, धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठले अभिनय गरेका छन्।
  • फिल्म २३ माघमा भ्यालेन्टाइन्स डेको अवसरमा प्रदर्शन हुने जनाइएको छ।

काठमाडौं । आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ को टिजर सार्वजनिक भएको छ ।

फिल्मको शीर्ष भूमिकामा आना देखिएकी छिन् । उनीसहित टिजरमा धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

गायक समेत रहेका समीरले यो फिल्मबाट अभिनय करिअर थालेका छन् । टिजरमा आनाको भूमिकामा विविधता देखिन्छ । उनलाई प्रेम, रोमान्स, खुसी, दुःख र ब्रेकअपका मुडमा प्रस्तुत गरिएको छ ।

फिल्मले एउटा युवतीको सम्बन्ध र महसुसको कथा चित्रण गरेको बुझ्न सकिन्छ । युवतीको मनोविज्ञानबाट फिल्मको कथा भनिएको छ ।

सेरो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्मलाई सुदीप्तले निर्देशन गरेका हुन् । पटकथा लेखन पनि उनैले गरेकी हुन् ।

भ्यालेन्टाइन्स डेको अवसरमा २३ माघमा फिल्म प्रदर्शन हुने जनाइएको छ । निर्माता सागर लम्साल हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More