राष्ट्रिय
समाचार.
- नेपाल सोतोकान कराते संघले आफ्नो २८औं स्थापना वर्षमा आठौं राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ।
- प्रतियोगिता २०८२ माघ १६ र १७ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन हुनेछ।
- प्रतियोगितामा नेपालका ४९ जिल्लाबाट करिब ५०० खेलाडी सहभागी हुनेछन् र यसले कराते स्तरवृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आधार तयार गर्ने विश्वास लिइएको छ।
१४ माघ, काठमाडौं । नेपाल सोतोकान कराते संघ (इसकेआई) ले आफ्नो स्थापनाको २८औं वर्ष पार गरेको अवसरमा ‘आठौं राष्ट्रिय खुल्ला कराते प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ।
प्रतियोगिता २०८२ माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका ४९ जिल्लाबाट छनोट गरिएका करिब ५०० जना खेलाडीहरू सहभागी हुनेछन्।
संघका अनुसार प्रतियोगिताले बालबालिकादेखि अनुभवी खेलाडीहरूसम्मलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।
यसले नेपाली करातेको स्तरवृद्धि, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आधार तयार गर्ने विश्वास लिइएको छ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

