― Advertisement ―

HomeLatest newsआगो बलेको यो भिडियोले युट्युबमा कसरी कमायो १६ करोड ? 

आगो बलेको यो भिडियोले युट्युबमा कसरी कमायो १६ करोड ? 


राष्ट्रिय

समाचार.

  • युट्युबमा फायरप्लेस टेन आवर्स नामक च्यानलले ९ वर्षअघि अपलोड गरेको आगो बलिरहेको १० घण्टे भिडियोले करिब १६ करोड रुपैयाँ कमाइसकेको छ।

अहिले यूट्युबमा एउटा मामुली खालको भिडियो निकै चर्चित भएको छ । सो भिडियोमा केवल आगोको दृश्य देखाइएको छ ।

यस भिडियो केवल एउटै ठाउँमा क्यामेरा राखेर रेकर्ड गरिएको छ । अर्थात् यसमा कुनै बहुकोण छैन र अनेक स्थानबाट शूट गरिएको छैन । तर त्यस्तो एकोहोरो भिडियोको लोकप्रियता र कमाइ चाहिँ अविश्सनीय र अचम्मलाग्दो छ। समाचार अनुसार यो भिडियोले अहिलेसम्म करिब साढे १२ लाख डलर अर्थात् १६ करोड नेपाली रुपैयाँ कमाइसकेको छ।

भिडियोको नालीबेली

यो भिडियो ९ वर्ष पहिले अपलोड गरिएको हो । यसमा एक घरको चुल्होमा आगो बलिरहेको दृश्य मात्रै छ । भिडियोमा केवल चुल्होमा बलिरहेको आगो देखिन्छ र यसलाई एकै ठाउँमा राखिएको क्यामराले रेकर्ड गरेको छ।

एचडी क्वालिटीमा रहेको यस भिडियोमा आगोले काठहरू जल्दा आउने चटचट आवाज पनि स्पष्ट सुनिन्छ।

‘फायरप्लेस टेन आवर्स’ नामक युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो करिब १० घण्टा लामो छ र अहिलेसम्म यसलाई १५ करोड ७५ लाखले हेरिसकेका छन् । उक्त युट्युब च्यानलका सब्सक्राइबरको संख्या चाहिँ १ लाख १७ हजार छन्।

समाचार अनुसार, यो भिडियोबाट युट्युब च्यानलले पछिल्ला ९ वर्षमा १२ लाख ४० हजार डलर कमाइसेको छ । यद्यपि कतिपयले चाहिँ यो च्यानल मनिटाइज नै नभएको दाबी गरेका छन्।

यस्ता भिडियोहरू किन लोकप्रिय हुन्छन् ?

चाहे झमझम पानी परेको होस् वा कलकल पानी बगेको होस् अनि चुल्होमा दाउराको आगो बलिरहेको आवाज नै किन नहोस् । यी आवाजले मानिसलाई आनन्दित तुल्याउँछन् । यस्ता भिडियोहरू मानिसले लामो समयसम्म हेर्न वा पृष्ठभूमिमा बजाएरै राख्न मन पराउँछन्। यसले मानसिक शान्ति प्रदान गर्दछ।

यो भिडियोले यूट्युबमा सरल सामग्रीले पनि धेरै दर्शक र आम्दानी हासिल गर्न सक्छ भन्ने देखाएको छ ।

एजेन्सी

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More