― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsअस्मिता थापालाई टिकट दिएपछि ओखलढुंगा एमालेमा विवाद, निर्णय नसच्याए असहयोग गर्ने चेतावनी

अस्मिता थापालाई टिकट दिएपछि ओखलढुंगा एमालेमा विवाद, निर्णय नसच्याए असहयोग गर्ने चेतावनी



४ माघ, ओखलढुंगा । जिल्ला कमिटीको सिफारिस र भावना विपरीत पार्टी केन्द्रले टिकट दिएको भन्दै नेकपा एमाले ओखलढुंगामा चर्को असन्तुष्टि देखिएको छ ।

जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले वक्तव्य जारी गरेरै उम्मेदवार नसच्चिए सहयोग नगर्ने चेतावनी दिएका छन् । ‘चुनावै लड्दिनँ भन्ने मान्छेलाई टिकट दिइयो । यो उम्मेदवार केपी ओलीको हो, एमालेको होइन,’ एक जिल्ला नेताले भने, ‘उम्मेदवार सच्चिँदैन भने हामी असहयोग गर्न अवस्थामा पुग्छौं ।’

शनिबार बसेको सचिवालय बैठकले अस्मिता थापालाई ओखलढुंगाबाट प्रतिनिधि सभाको उम्ेमदवार बनाउने निर्णय गरेको छ । थापा लिखु गाउँपालिकाका उपाध्यक्ष हुन् ।

पालिका उपाध्यक्ष रहेकाले प्रतिनिधि सभाको आकांक्षा समेत उनले नराखेको ती नेता बताउँछन् । ‘जसको चाहना नै थिएन, उसलाई टिकट दिएर विवाद बढाउने काम भयो,’ उनी भन्छन् ।

एमाले ओखलढुंगाबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित ५ जनाको नाम सिफारिस गरिएको थियो । जिल्ला कमिटीले ईश्वर पोखरेल, अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का र नानीबाबु बुढाथोकीको नाम सिफारिस गरेपनि पार्टी केन्द्रले फरक निर्णय गरेको छ ।





Read More