― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsअस्कर अवार्डले भन्यो- ‘अञ्जिला’ नै नेपालबाट आधिकारिक सिफारिस फिल्म

अस्कर अवार्डले भन्यो- ‘अञ्जिला’ नै नेपालबाट आधिकारिक सिफारिस फिल्म


राष्ट्रिय

समाचार.

  • अस्कर अवार्डले नेपालबाट सिफारिस भएको फिल्म ‘अञ्जिला’लाई आगामी ९८ औं अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूचीमा राखेको छ।
  • फिल्ममेकर दीपक रौनियारसहितका केहीले आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका सदस्यबारे पुनर्विचार गर्न अस्कर मुख्यालयमा पत्र लेखेका थिए।
  • ‘अञ्जिला’लाई नेपालबाट सिफारिस गर्दा भुटानको ‘आई, द सङ’, बंगलादेशको ‘अ हाउस नेम साहना’ र भारतको ‘होम बाउन्ड’ पनि योग्य ठहरिएका छन्।

काठमाडौं । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक फिल्म रहेको बताएको छ ।

उक्त फिल्मको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूची सार्वजनिक गरेको हो ।

दीपक रौनियारसहितका फिल्ममेकरले अस्करको मुख्यालयमा पत्र लेख्दै आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका केही सदस्यबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

यो विवादपछि शुक्रबार आगामी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ८६ फिल्मको सूची बाहिर आएको हो ।

योसँगै नेपालको अस्कर सहभागितालाई लिएर भैरहेको संशय मेटिएको छ भने ‘अञ्जिला’ ले नै अस्करमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।

नेपालबाट ‘अञ्जिला’ सिफारिस हुँदा भुटानबाट ‘आई, द सङ’, बंगलादेशबाट ‘अ हाउस नेम साहना’, भारतबाट ‘होम बाउन्ड’ अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ठहरिएका छन् ।

१६ डिसेम्बरमा यस विधामा सर्टलिस्ट घोषणा हुनेछ भने २२ जनवरीमा मनोनयन घोषणा हुनेछ । १५ मार्चमा ९८ औं अस्कर अवार्ड अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुनेछ ।

‘अञ्जिला’को कुरा गर्दा, यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा यो फिल्म आधारित छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More