― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsअर्काको तास हेर्न आँखामा लेन्स – KhabarHost

अर्काको तास हेर्न आँखामा लेन्स – KhabarHost



९ पुस, काठमाडौं । म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय समूह पक्राउ परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा छापा मारेर ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतीय नागरिक सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् ।

यो प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा (मुकेश) नाम गरेका व्यक्ति भने फरार छन् ।

यसका मुख्य व्यक्ति भारतीय नागरिक सुरेश महाजन छन् । उनलाई नेपालबाट सहयोग गर्ने जनार्दन उप्रेती हुन् । जो अहिले फरार छन् ।

महाजनले नेपालमा क्यासिनो इभेन्ट गर्ने भन्दै क्यासिनो बुक गर्ने र खेल्ने व्यक्तिका लागि भन्दै पाँचतारे होटलमा ११० वटा कोठासमेत बुक गरेर ठग्ने योजना बनाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

यसका लागि महाजनले छाया सेन्टरकै होटल अलफ्टमा ४०, नक्सालको मेरियटमा ५० र अर्को पाँचतारे र्‍याडिसन होटलमा २० वटा कोठा बुक गरेको एसएसपी थापाले बताए ।

महाजनले इभेन्ट गर्ने भन्दै ११ डिसेम्बरदेखि १४ डिसेम्बर गरी ४ दिनका लागि वाल्डो क्यासिनो बुक गरेका थिए । महाजनको ग्रुपलाई ‘महाकाय’ भनिन्छ । यही ग्रुपको नाममा क्यासिनो बुक गरिएको थियो ।

उनले यसअघि नेपाल, भारत, श्रीलंका, भियतनाम, कम्बोडियामा समेत यस्तै इभेन्ट आयोजना गरेका थिए ।

क्यासिनो र बुक गरेर आफैंले इभेन्ट आयोजना गर्ने भन्दै उनले जुवा खेलाउने गरेका थिए । यसरी खेलिने तासको व्यवस्थापन पनि महाजन आफैंले गर्थे ।

त्यसका लागि उनले तासमा म्याग्नेट तथा चिपहरू जडान गर्ने गरेका थिए । अनि ती चिपसँग कनेक्ट गर्न अर्को आई लेन्सको पनि व्यवस्था गरेका थिए । आँखामा आई लेन्स लगाएपछि पछाडितर्फबाटै कसलाई के तास पर्‍यो भन्ने जानकारी हुने र त्यहाँ आफूले नै खडा गरेका डमी खेलाडीले पछाडिबाटै तास चिनेपछि सोहीअनुसार खेल खेल्ने गरेको परिसरका एसपी पवन भट्टराई बताउँछन् ।

यसका लागि उनले भारतबाटै क्यासिनो खेल्ने पेसेवर व्यक्ति तथा मोटा रकम भएका व्यक्ति खोज्ने र भारतबाटै आफूले डमी खेलाडीका रूपमा व्यक्ति तयार गरेर ल्याएर खेलाउने गरेको खुलेको छ ।

ती डमी खेलाडीले आँखामा आई लेन्स राखेपछि कसलाई के तास पर्‍यो भन्नेबारे सबै जानकारी पाउने गरेको खुलेको छ ।

यसरी भारतदेखि ल्याइएका डमी खेलाडीहरूलाई दैनिक भारु १० हजार रुपैयाँ दिने र जितेको रकमको १० प्रतिशत समेत भाग लगाउने सहमति भएको पाइएको प्रहरीले बताएको छ ।

यसको सूचना आएपछि परिसरले छापा मारेर इभेन्ट आयोजना गर्ने भनिएको पहिलो दिनमै पक्राउ गरेपछि रकम हारजित हुन पाएन । तर यसभन्दा अघि महाजनले नै क्यासिनो बुक गरेर नेपालमा खेलाउने गरेको पाइएको छ ।

यसअघि उनले ह्यात होटलमा रहेको प्राइड क्यासिनोमा दुई वर्षदेखि इभेन्ट सञ्चालन गर्ने गरेको खुलेको छ । अहिले जेनजी आन्दोलनको क्रममा प्राइड क्यासिनो तोडफोड भएपछि वाल्डो क्यासिनो बुक गरेर खेलाउने तयारी गरेका थिए ।

महाजनलाई सहयोग गर्ने नेपालका मुख्य व्यक्ति जनार्दनलाई बीपी ग्रुपको नाममा चिनिन्छ । उनी नेपालतर्फको मुख्य आयोजक रहेको प्रहरीले बताएको छ । उनले इभेन्ट आयोजक, खेलाडी, कर्मचारीलाई होटल, प्लेन टिकटको व्यवस्था गर्ने र टेबल बुकिङको सम्पूर्ण काम गर्ने गरेको प्रहरीले बताएको छ ।

उनले बीपी ग्रुपको नामबाट होटल र क्यासिनोका बिल भुक्तानी गरेको पाइएको छ । प्रहरीका अनुसार उनी स्वयं जुवा खेल्ने व्यक्ति हुन् । उनले महाकाया ग्रुपका डमी खेलाडी र डिलर कर्मचारीलाई व्यवस्थापन गर्ने गरेको प्रहरीले बताएको छ । डमी खेलाडीहरूलाई होटल अलफ्टमा राखेका थिए । बीपी ग्रुपको नामबाट १५ लाख नगदसमेत होटलमा बुझाएको पाइएको छ ।

महाकाया ग्रुपका दिनेश बर्माले म्याग्नेट जडान गरिएका ५० बुक तास ४ सेट लेन्स भारतबाट ल्याएका थिए । अर्का प्रतिवादी जनार्दन उप्रेतीले १२ सेट तास क्यासिनोमा प्रवेश गराएका थिए । चार सेट आई लेन्स पनि उनले लगेका थिए ।

आँखामा आई लेन्स २ देखि ३ घण्टासम्म मात्रै सकिने भएकाले त्यसपछि अर्को व्यक्तिलाई लगाएर राउन्ड सिस्टममा डमी खेलाडीलाई खेलाउने गरिएको प्रहरीले बताएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More