― Advertisement ―

म RAM-hogging गुगल क्रोमले मेरो ल्यापटपलाई क्रल गर्न ढिलो गर्नबाट बिरामी छु, त्यसैले Asus Vivobook 16 को Best Buy मा रेकर्ड-कम मूल्य गम्भीर रूपमा...

म सँधै थप उत्पादनशील हुने उपायहरू खोज्दै आएको छु, विशेष गरी जब मसँग एकै पटक धेरै एप र वेबसाइटहरू खुला हुन्छन्।मैले सोचिरहेको एउटा समाधान...
HomeLatest newsअरुले उम्मेदवार छान्दा घर झगडामै रुमलियो कांग्रेस

अरुले उम्मेदवार छान्दा घर झगडामै रुमलियो कांग्रेस



५ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद अदालत पुगिसकेको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएसँगै शेरबहादुर देउवा समूले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् । प्रमुख दलहरु नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितले अधिकांश उम्मेदवारको टुंगो लगाइसक्दा नेपाली कांग्रेस भने आन्तरिक झगडामा रुमल्लिएको छ ।

फागुन २१ को निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ । यसका लागि कांग्रेसलाई टिकट दिएर सम्बन्धित क्षेत्रमा उम्मेदवारलाई पठाउन पनि आजै टुंगो लगाउनुपर्ने दबाब छ ।

विवादकैबीच कांग्रेसका तीन गुटका चार नेता गएराति छलफलमा जुटेका छन् । सभापति गगनकुमार थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, शेरबहादुर देउवा समूहबाट नेता रमेश लेखक र शेखर कोइराला समूहबाट नेता मिनेन्द्र रिजाल छलफलमा सहभागी थिए ।

राति करिब साढे ११ बजे सुरु भएको छलफल राति अबेरसम्म चलेको एक नेताले जानकारी दिए । ‘विवाद अदालतसम्म पुगिसकेको र अदालतको फैसलालाई नै स्वीकार्ने निष्कर्ष निकाल्दै नेताहरु चुनाव केन्द्रित छलफलमा जुट्नुभयो’, ती नेताले भने, ‘रातभर उहाँहरुले उम्मेदवार छनोटबारे छलफल गर्नुभयो ।’

थापा नेतृत्वको कांग्रेसले संसदीय बोर्ड नै गठन गरेर यसअघि सिफारिस भएर आएका उम्मेदवारको नाममाथि छलफल गरिसकेको थियो । त्यसैमा केन्द्रित भएर देउवा र कोइराला समूहका नेताहरु पनि मिसिएर छलफल गरेका हुन् ।

सभापति थापा पनि अन्य गुटका इच्छाएका नेताहरुलाई टिकट दिएर विवाद समाधानतिर लैजाने तयारीमा छन् । ‘सभापतिले पनि टिकट लिन चाहनेहरुलाई सकेसम्म विवाद नहुने गरी दिने भन्नेमै हुनुहुन्छ’, उनले भने ।

त्यसै आइतबार राति नै नेता मीन विश्वकर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस एक हुने र कांग्रेसका उम्मेदवार रुख चिह्नबाहेक अरु हुन नसक्ने भन्दै छलफलको वातावरण तयार भएको संकेत गरेका थिए ।

नेता विश्वकर्माले त समानुपातिक उम्मेदवारको बन्दसूचीमा देउवाले हस्ताक्षर गरेको स्मरण गर्दै बाँकीमा सभापति थापाले गरेर विवाद समाधान गरेर एकताको सन्देश लिएर चुनावमा जानुपर्ने बताएका थिए ।





Read More