― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
Homeअरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ? – KhabarHost

अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोख्दै आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गर्नुभयो।
  • शाहले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ !’
  • उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउने र अरुलाई ‘विदेशी एजेन्ट’ भन्दाप्रति कडा कटाक्ष गर्नुभयो।

५ कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’

उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउनेहरु र अरुलाई ‘विदेशी एजेन्ट’ भनेर आरोप लगाउनेहरुप्रति पनि कडा कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !’





Read More