― Advertisement ―

EOFY बिक्री दुई हप्तामा समाप्त हुनेछ – यी 65+ ह्यान्डपिक गरिएका डिलहरू TV, ल्यापटप, हेडफोन, भ्याकुम र थपमा तिनीहरू हराउनु अघि प्राप्त गर्नुहोस्।

ताजा गर्नुहोस् घडी टिकिरहेको छ! तपाईँको EOFY किनमेल गर्न दुई हप्ता लामो समय लाग्न सक्छ तर, मलाई विश्वास गर्नुहोस् जब म भन्छु, समय उड्नेछ र...
HomeLatest newsअरुणाचल प्रदेशमा ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु

अरुणाचल प्रदेशमा ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु



२५ मंसिर, काठमाडौं । भारतको अरुणाचल प्रदेशमा पर्ने अन्जा जिल्लाको  छागलागाम नजिकै मजदुर सवार ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।

ट्रक पहाडी बाटोबाट भीरमा खस्दा २१ जनाको मृत्यु भएको हो ।

अन्जा प्रहरीले घटना सोमवार रात ९ बजे आसपास भए पनि बिहीबारमात्रै जानकारीमा आएको बताएको छ । दुर्घटनामा परी घाइते भएका एक मजदुर आफैं प्रशासनसमक्ष पुगेर घटनाबारे बताएपछि दुर्घटनाबारे जानकारी भएको प्रहरीको भनाइ छ ।

दुर्घटनाको पुष्टि गर्दै अन्जा जिल्लाका पुलिस प्रमुख अनुराग द्विवेदीले बीबीसीसँग भनेका छन्, ‘२२ मजदुरहरू लिएर असमबाट अरुणाचल प्रदेश आउँदै गरेको ट्रक छागलागामभन्दा १० किलोमिटर अगाडि पहाडबाट गहिरो भीरमा खसेको छ ।’

प्रहरीका अनुसार अहिलेसम्म १३ मजदरको शव फेला परेको छ । बाँकी शवको खोजी कार्य भइरहेको छ ।

दुर्घटनामा बचेका बुद्धेश्वर नाम गरेका मजदुरले स्थानीय मिडियासमक्ष रातको समय गाडी चिप्लिएर सिधै गहरी भीरमा खसेको र अध्याँरोका कारण को कहाँ थिए भन्नेबारे थाहा नभएको बताएका छन् ।





Read More