― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
Homeअन्तर्राष्ट्रियअमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको...

अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको उद्धार



१० कात्तिक, काठमाडौं । अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा खसेका छन् । एकै दिन फरक–फरक समयमा भएका यी दुर्घटनास्थलबाट चालक दलका पाँच सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ ।

दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिका सक्रिय भइरहेका बेला पहिलो दुर्घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब २:४५ बजे भएको थियो । ‘ब्याटल क्याट्स’ स्क्वाड्रन–७३सँग सम्बन्धित एमएच-६० आर सी–हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोलीहरूले तत्काल हेलिकप्टरको चालक दलका तीन सदस्यहरुलाई सुरक्षित उद्धार गरेका थिए ।

त्यसको करीब ३० मिनेटपछि, दिउँसो करिब ३:१५ बजे, ‘फाइटिङ रेडकक्स’ स्क्वाड्रन–२२ को एक सुपर हर्नेट फाइटर जेट पनि त्यही समु्द्रमा खसेको थियो । जेटमा रहेका दुबै पाइलट समयमै प्यारासुटको सहायताले बाहिर निस्कन सफल भएका र पछि सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनाले जनाएको छ ।

अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा पाँचै जनालाई उपचारका लागि पठाइएको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । दुबै घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको छ ।

नौसेनाले भविष्यमा यस्ता दुर्घटना नोहाउन् भन्नका लागि सुरक्षा प्रोटोकल अन्तर्गत सबै अपरेसनहरूको समीक्षा गरिने जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More