― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsअमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए


फाइल तस्वीर


राष्ट्रिय

समाचार.

  • अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आएका छन् र अधिकांश तल्लो बाटोबाट अमेरिका पुगेका छन्।
  • मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले एक जना विद्यार्थी भिसामा गएर भिसा विपरित काम गरेको कारण फर्काइएको बताए।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेपछि २ सय बढी नेपाली डिपोर्ट भएका छन्।

४ मंसिर, काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् ।

डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।

ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीले बताए ।

बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् । यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ ।

फर्काइएकाहरू अधिकांशजसो रुकम/दाङतिरका रहेकाले प्रहरीले बताएको छ । यसरी फर्काइएकाहरूले जाहेरी दिने भने मानेका छैनन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २ सय बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।





Read More