― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsअमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम

अमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम



अमेरिकाको कोलोराडोको ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ब्रुमफिल सिटी मेयर गाइलिन क्याट्रिवटाले सोमबार भगिनी सम्बन्ध कायम सुरुवातबारे हस्ताक्षर गरेका छन्  ।

ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा कला सांस्कृतिक र प्रविधी आदान–प्रदान, आपसी सहयोग, सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइ दुवै सिटीका मेयरहरूले साझेदारीको पत्रमा हस्ताक्षर गरेका हुन् ।

ब्रुमफिल्ड नगरकी प्रमुख ग्यूलिन कास्त्रियोटाले ललितपुर महानगरसँग भगिनी सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गरिन् ।

‘यो हाम्रा लागि खुशीको कुरा हो,’ उनले भनिन्, ‘भगिनी सम्बन्धले ब्रुमफिल्ड र ललितपुरलाई मात्र जोडेको छैन् । यसले नेपाल र अमेरिकालाई पनि जोडेको छ ।’

ललितपुर नगरपालिकाका प्रमुख महर्जनले  ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गरेकोमा ब्रुमफिल्डकी प्रमुख कास्त्रियोटालाई धन्यवाद दिए ।

महर्जनले ललितपुरसँग भगिनी सम्बन्ध कायम हुने ब्रुमफिल्ड तेस्रो नगर भएको बताए । यसअघि रुस र कोरियाका नगरसँग भगिनी सम्बन्ध कायम भएको महर्जनले जानकारी दिए ।

कार्यक्रममा ब्रुमफिल सिटीका पदाधिकारी, ललितपुर महानगरपालिका जनप्रतिनिधि लगायत सहभागी थिए ।

कार्यक्रमको सुरुमा ललितपुर महानगरको वस्तुस्थिति झल्किने डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

ब्रुमफिलको ललितपुर समेत विश्वका २ वटा सिटीहरूसँग भगिनी सम्बन्ध स्थापित भएको छ ।

यसअघि ब्रुमफिलले जापान स्थित यूईडीए शहरसँग सम्बन्ध भएको थियो ।

ललितपुरको भने, ब्रुमफिल समेत विश्वका ३ सिटीहरू कोरीयाको छेयरेन र रुसको  युलान उडेसँग भगिनी सम्बन्ध स्थापना भएको  छ ।

हस्ताक्षर कार्यक्रम पछि दुवै सिटीका मेयरहरूले एक आपसमा दुवै सिटीको झण्डा र उपहारहरू साटासाट गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More