― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsअमर स्मृती पुरस्कार तीन जनालाई – KhabarHost

अमर स्मृती पुरस्कार तीन जनालाई – KhabarHost



१८ माघ, पाँचथर । साहित्यकार तथा राजनीतिकर्मी अमर नेम्बाङ लिम्बु स्मृती पुरस्कार–२०८२ बाट तीन साहित्यकार पुरस्कृत हुने भएका छन् । अमर नेम्बाङ स्मृती प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार कवि देवेन्द्र सक्तेन, निबन्धकार तथा पत्रकार दिपक सापकोटा र साहित्यकार मलिसा याक्थुङबालाई प्रदान गर्न लागिएको हो ।

नेम्बाङको स्मृती दिवसको अवसरमा माघ–२६ गते पाँचथर सदरमुकाम फिदिममा यो पुरस्कार तथा सम्मान हस्तान्तरण गरिने जानकारी दिइएको छ । जनहि ५० हजार रुपैँया सहित पुरस्कृत गर्न लागिएको हो । हरेक बर्ष यो पुरस्कार प्रदान गरिन्छ । यो पल्ट सातौँ पुरस्कार प्रदान गर्न लागिएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएकै बेलामा हृदयघात भएर नेम्बाङको निधन भएको थियो । पुरस्कार वितरणकै दिन विद्यार्थीलाई छात्रवृत्ति र विपद्मा परेकालाई राहत दिने कार्यक्रम रहेको छ ।





Read More