― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsअभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई मन्त्रीको निर्देशन

अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई मन्त्रीको निर्देशन


राष्ट्रिय

समाचार.

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीहरूको हक, अधिकार र समस्याको सहजीकरणमा दूतावासलाई प्रभाकारी भूमिका खेल्न आग्रह गरे।
  • मन्त्री खरेलले नेपाल र कोरियाबीचको सम्बन्ध मजबुत बनाउन र नेपालमा लगानी भिर्त्याउने वातावरण बनाउन राजदूतलाई भूमिका खेल्न अनुरोध गरे।
  • राजदूत डा. शिवमाया तुम्बाहाम्फेले कर्मचारी अभाव र गैरआवासीय नेपाल संघको विवादले दूतावासको प्रभावकारी काममा समस्या आएको बताएका छन्।

२८ कात्तिक, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीहरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गरेका छन् ।

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको शुक्रबार अवलोकन गर्दै मन्त्री खरेलले नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्न आग्रह गरेका हुन्।

नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालमा लगानी भिर्त्याउने वातावरण बनाउनका लागि पनि भूमिका खेल्न राजदूतलाई आग्रह गरिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री खरेलले दूतावासको भूमिकाका विषयमा विभिन्न गुनासा आइरहेकाले दुई देशबीच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न, दुई देशबीचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गरेका छन्।

राजदूत डा. शिवमाया तुम्बाहाम्फेले कर्मचारीको अभावले दैनिक कार्य सम्पादनमा पनि समस्या रहेको भन्दै गैरआवासीय नेपाल संघ (एनआरएनए) को विवादका कारण पनि प्रभावकारी काम हुन नसकेको बताइन्।

मन्त्री खरेले दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ मा सहभागी हुन २५ कात्तिकमा त्यहाँ पुगेका हुन्।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More