― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsअब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने – KhabarHost

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने – KhabarHost



९ पुस, काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको हो ।

विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।

राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।

गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ ।

अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।

– राससबाट





Read More