― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
Homeअब एउटा फूलबाट तीन दाना, उत्पादन बढ्ने आशा – KhabarHost

अब एउटा फूलबाट तीन दाना, उत्पादन बढ्ने आशा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • वैज्ञानिकहरूले गहुँको फूलमा तीन अण्डाशय विकास गर्ने नयाँ जीन पत्ता लगाएका छन् जसले उत्पादन बढाउन सक्छ।
  • यो नयाँ जीन वुशेल–डी१ सक्रिय हुँदा एउटा फूलमा तीन दाना बन्ने भएकाले जमिन, पानी वा मल थप प्रयोग नगरी उत्पादन वृद्धि सम्भव हुन्छ।
  • नेपालमा गहुँ उत्पादन बढाउन यो प्रविधि उपयोगी हुनसक्ने कृषि विज्ञहरूले बताएका छन् र थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन्।

६ कात्तिक, काठमाडौं । विश्वभर बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनका बीच वैज्ञानिकहरूले गहुँको उत्पादन बढाउने दिशामा ठूलो सफलता हासिल गरेका छन् ।

तिनीहरूले यस्तो जीन पत्ता लगाएका छन् जसले सामान्य गहुँका फूलमा एउटा अण्डाशयको सट्टा तीनवटा अण्डाशय विकास गराउँछ । यसले थप जमिन, थप पानी वा थप मल प्रयोग नै नगरी गहुँको उत्पादन बढाउन सकिने सम्भावना देखाएको छ ।

यो नयाँ खोज अमेरिकी युनिभर्सिटी अफ मेरिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । उनीहरुले गहुँको एक दुर्लभ प्रजाति पत्ता लगाएका छन्, जसको प्रत्येक फूलमा सामान्यतया हुने एउटा अण्डाशयको सट्टा तीनवटा अण्डाशय विकास हुन्छ । अर्थात् प्रत्येक अण्डाशयबाट एउटा दाना बन्ने भएकाले यस्तो प्रजातिमा एउटा फूलमा तीन दाना लाग्छ ।

वैज्ञानिकहरूले यस विशेष गुणको कारण पत्ता लगाउन गहुँको डीएनए म्यापिङ गरेर सामान्य गहुँसँग तुलना गरेका थिए ।

त्यस क्रममा वुशेल–डी१ ( WUSCHEL-D1) नामक जीन सक्रिय हुने पत्ता लाग्यो, जबकि सामान्य गहुँमा यो जीन निष्क्रिय रहन्छ ।

यो जीन सक्रिय हुँदा फूल बन्ने प्रारम्भिक चरणमै बढी फूलका बनोट विकास हुन्छन्, जसले गर्दा अतिरिक्त अण्डाशय बन्ने गर्छ ।

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज (PNAS) पत्रिकामा प्रकाशित यो खोज गहुँखेतीका लागि एक क्रान्तिकारी कदम हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

यसका मुख्य फाइदाहरू यस प्रकार छन्–

  • उत्पादनमा वृद्धि : एउटा फूलबाट तीन दाना बन्ने हुँदा सम्पूर्ण बोटको उपज धेरै गुणा बढ्न सक्छ ।
  • थप स्रोतको आवश्यकता छैन : थप जमिन, थप पानी वा थप मल प्रयोग नगरी नै उत्पादन बढाउन सकिन्छ ।
  • जलवायु परिवर्तनसँग लड्न मद्दत : जलवायु परिवर्तनले खेती कठिन बन्दै गएको अवस्थामा यो प्रविधिले उत्पादन स्थिर राख्न मद्दत पुर्‍याउन सक्छ ।
  • विश्व खाद्य सुरक्षा : गहुँ विश्वकै प्रमुख खाद्यान्न बालीमध्ये एक हो । यसको उपज बढ्दा भविष्यको सम्भावित खाद्य संकट टार्न सहयोग पुर्‍याउन सक्छ ।

नेपालको सन्दर्भमा यसको महत्व

नेपालमा गहुँ धानपछि दोस्रो ठूलो अन्नबाली हो । तर जलवायु परिवर्तन, कीराको प्रकोप, सिंचाइ अभाव र माटोको क्षयजस्ता कारणले हाल गहुँ उत्पादन वृद्धि स्थिर छ ।

कृषि विज्ञहरूको भनाइमा, यस्तो प्रविधि नेपालमा ल्याउन सके गहुँखेतीमा नयाँ आयाम खुल्नेछ ।

पूर्व वरिष्ठ कृषि प्रसार अधिकृत अमरराज शर्मा घिमिरे भन्छन्, ‘नेपालमा गहुँ उत्पादन बढाउने सबैभन्दा ठूलो चुनौती जमिन र पानीको अभाव हो । यदि यस्तो जीन सुरक्षित र नेपालको हावापानी अनकूल रहेछ र त्यसलाई नेपालमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित भयो भने यसबाट हाम्रो उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्न सक्छ । तर यसमा थप अध्ययन अनुसन्धान आवश्यक छ ।’

उनका अनुसार, जलवायु अनुकुल कृषि उत्पादन अहिले नेपालका लागि अत्यावश्यक भइसकेको छ । त्यसैले थोरै खर्चमा धेरै उत्पादन लिन सकिने खालका बिउबिजनको खेती प्रवर्द्धनमा जोड दिनुपर्छ ।

थप अनुसन्धान आवश्यक

अब वैज्ञानिकहरूले यो वुश–डी १ जीनलाई कसरी नियन्त्रण र सक्रिय गर्ने भन्ने अध्ययन गरिरहेको जनाएका छन् ।

यदि यो प्रक्रिया दीर्घकालीन रूपमा सुरक्षित र स्थायी बनाइयो भने किसानहरूले एउटा बोटबाट बढी दाना दिने गहुँ फलाउन सक्नेछन् ।

युनिभर्सिटी अफ मेरिल्यान्डका एक अनुसन्धानकर्ताले भनेका छन्–‘हामीले यो विशेष गुणका पछाडि जिम्मेवार जीन पहिचान गरेका छौं । अब हाम्रो लक्ष्य यसलाई नयाँ प्रजातिहरूमा समावेश गरेर बढी उत्पादन दिने गहुँको जात विकास गर्नु हो ।’

वैज्ञानिकहरूको भनाइमा यदि यो प्रविधि गहुँमा सफल भयो भने, यसलाई धान, मकै र जौ जस्ता अन्य अन्नबालीमा पनि प्रयोग गर्न सकिने बताएका छन् ।

तर यसमा बोटको प्राकृतिक वृद्धि अवरुद्ध नहोस्, बोटले फललाई धान्न सकोस् भन्ने कुरामा भने विशेष सावधानी अपनाउनुपर्ने छ ।

विभिन्न मौसम र भू–भागमा लामो समयको परीक्षण गरेर नयाँ प्रजातिहरूको स्थायित्व र उत्पादन क्षमतालाई प्रमाणित गर्नुपर्ने चुनौति पनि बाँकी नै छ ।

यद्यपि यो नयाँ खोज वैज्ञानिक र किसान दुवैका लागि नयाँ आशाको किरण हो । यदि सबै कुरा योजनाअनुसार अघि बढ्यो भने आगामी वर्षहरूमा कम जमिनमै बढी फल लाग्ने गहुँको खेती गरेर उत्पादन बढाउन सकिने छ ।

यसले किसानको आम्दानी बढाउने मात्र होइन, विश्व खाद्य संकटसँग लड्न पनि ठूलो सहयोग पुर्‍याउने विश्वास छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More