― Advertisement ―

घोटाला गर्नेहरूले AI उपकरणहरू प्रयोग गर्दै पीडितहरूलाई पाँच मिनेट भित्र नगद हस्तान्तरण गर्न मूर्ख बनाउन

लगभग दुईवटा पीडितहरू विश्वास गर्छन्। अनुभवदस मध्ये एक जना पीडितले मात्र पाँच मिनेटमा पैसा हस्तान्तरण गरे63% घटनाहरूमा घोटाला गर्नेहरू धेरै प्लेटफर्महरूमा सारियोमेसेजिङ स्क्यामहरू बढ्दो...
HomeLatest newsअबको उम्मेद्वार रे ऊ ! – KhabarHost

अबको उम्मेद्वार रे ऊ ! – KhabarHost



सामाजिक सञ्जालमा दुई–चार लाइक आयो कि,
पार्टी खोल्ने ट्रेन्ड आजकल।
पाँच–छ लाइक आयो कि स्वतन्त्र उमेर दिने ट्रेन्ड,
चाहे त्यो पत्रकार होस्, मोडल होस्, गायक होस्,
कन्टेन्ट क्रिएटर होस् वा युट्युबर।

किनकि उसलाई लाग्छ, फेसबुकको लाइक नै भोट हो,
उसलाई लाग्छ, ऊ विना देश कसैले बनाउन सक्दैन।
ऊ बाहेक कोही पनि जान्ने–सुन्ने छैन जस्तो लाग्छ।

मोनेटाइजेशन सँगै उसको स्टाटस राष्ट्रवादी बनेका छन्,
किनकि उसले कन्ट्रोभर्सीमा ध्यान खिचेको छ,
गलत सन्देशलाई भड्काउँदै, आफ्नै व्यापार बढाइरहेको छ।
अन्त्यमा,
मेयरले नगरपालिकालाई चलाउने हो,
डाक्टरले बिरामी जाँच्ने हो,
पत्रकारले समाचार दिने हो,
गायकले गीत गाउने हो,
मोडलले मोडलिङ गर्ने हो

सबैले आफ्नो–आफ्नो काम गरे
देश कसरी बन्दैन र ?

डा. सुन्दर खड्का
ड्युक विश्वविद्यालय, अमेरिका





Read More