― Advertisement ―

रोबोटिस्ट रोडनी ब्रूक्स द्वारा दिन को उद्धरण: ‘रोबोटको दृश्य उपस्थितिले यसले के गर्न सक्छ र यो कत्तिको स्मार्ट छ भनेर प्रतिज्ञा गर्दछ’ – एक...

कम्पनीहरूको स्लेटसँग धेरै फरक प्रोटोटाइपहरू निर्माण गर्दै मानवीय रोबोटहरू बढिरहेका छन्। चाहे तिनीहरू उत्पादन लाइनमा हुन डिजाइन गरिएको होस् वा तपाईंको घरको वरिपरि विभिन्न...
HomeLatest newsअफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक

अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक



१ मंसिर, काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो ।

त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ ।

दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले पाकिस्तानका साथ व्यापारिक सम्बन्ध तोड्ने बताइरहेको थियो ।

अफगानिस्तानले आफ्नो देशका व्यापारीहरूलाई पाकिस्तानभन्दा पनि अन्य मुलुकसँगको व्यापारिक बाटो खोज्न निर्देशन दिएको छ ।

केही दशक यता अफगानिस्तानले पाकिस्तानको बाटो हुँदै सबैभन्दा धेरै व्यापार गर्दै आएको थियो । जुन उसको पूरै व्यापारको झण्डै आधा बराबर मानिन्छ ।

अन्तर्राष्ट्रिय र एशियाली बाजर निगरानी एजेन्सीहरूको आंकडाअनुसार अफगानिस्तानले सन् २०१५ मा पाकिस्तानबाट ३२० मिलियन डलरको पिठो निर्यात गरेको थियो ।

उसले सन् २०२४ मा उज्वेकिस्तान, कजाकिस्तान र रूसबाट ६८९ मिलियन डलरको गहुँ र पिठो खरिद गरेको थियो । सन् २०२५ मा यो आंकडा ७५० मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More