― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsअन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क एकेडेमी विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क एकेडेमी विजयी


राष्ट्रिय

समाचार.

  • गोल्डेनगेट इन्टरनेसनल कलेजले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेजलाई ३४-१७ ले पराजित गर्‍यो।
  • ल्यान्डमार्क एकेडेमीले ब्लुबर्ड कलेजलाई २२-२१ को झिनो अन्तरले हरायो ।
  • प्रतियोगितामा कूल ५ टिम सहभागी छन् र फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।

१७ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।

रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले ब्लुबर्ड कलेजलाई २२-२१ को झिनो अन्तरले हरायो ।

यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले जेभियर इन्टरनेसनल कलेजलाई ३४-१७ ले पराजित गर्‍यो ।

गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक १६ अंक स्कोर गरिन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेल कान्जिरोना नेसनल कलेज र ल्यान्डमार्क एकेडेमीबीच हुनेछ भने गोल्डेनगेट इन्टरनेसनल कलेज र ब्लुबर्ड कलेजबीच दोस्रो खेल हुनेछ ।

एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा सोमबारदेखि सुरु भएको यस प्रतियोगितामा कूल ५ टिम सहभागि छन् ।

सिंगल राउण्ड रोविनको आधारमा खेल भएपछि शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनल खेलेनछन् । सेमिफाइनल विजेता दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।





Read More