― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsअनमोल पायोनियर्सले जित्यो इन्डोर सुपर लिगको उपाधि

अनमोल पायोनियर्सले जित्यो इन्डोर सुपर लिगको उपाधि


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.द्वारा आयोजना गरिएको इन्डोर सुपर लिग क्रिकेटको उपाधि अनमोल पायोनियर्सले जितेको छ।
  • फाइनल खेलमा अनमोल पायोनियर्सले माया हेटौंडा रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
  • प्रतियोगितामा ८ टिम सहभागी थिए र विजेतालाई रु. ४ लाख, रनरअपलाई रु. २ लाख पुरस्कार प्रदान गरिएको थियो।

१ कात्तिक, काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.द्वारा आयोजना गरिएको इन्डोर सुपर लिग क्रिकेटको उपाधि अनमोल पायोनियर्सले जितेको छ ।

रोमाञ्चक फाइनल खेलमा पायोनियर्सले माया हेटौंडा रोयल्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो। ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको अनमोल पायोनियर्सले खेल ५ विकेटले जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

फाइनल खेलमा अनमोल पायोनियर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। माया हेटौंडा रोयल्सले जम्मा ५१ रनको योगफल तयार पार्‍यो।

विजेता टिम अनमोल पायोनियर्सलाई रु. ४ लाखको चेक, मेडल र ट्रफी प्रदान गरियो भने रनरअप माया हेटौंडा रोयल्सलाई रु. २ लाखको चेक र मेडल प्रदान गरिएको थियो।

प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो। प्लेअफ चरणमा माया हेटौंडा रोयल्स, अनमोल पायोनियर्स, मिक्समाण्डु, र अल स्टार्ज पुग्न सफल भएका थिए।

फाइनल खेलको प्लेयर अफ द म्याच हरिओम जोशी घोषित भए। त्यसैगरी, प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी रवि कुमार शाह बने, जसले रु. २०,००० नगद पुरस्कार प्राप्त गरे।

सर्वश्रेष्ठ ब्याटर रविन जोशी र सर्वश्रेष्ठ बलर नितेश कुमार यादव घोषित भए, दुवैले रु. १० हजार पुरस्कार प्राप्त गरे।

यस प्रतियोगिताले नेपाली इनडोर क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More