― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsअनमोल केसी स्टारर ‘जेरी अन टप’ आजदेखि देशब्यापी रिलिज

अनमोल केसी स्टारर ‘जेरी अन टप’ आजदेखि देशब्यापी रिलिज


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ड्रामा-रोमान्स-एड्भेन्चर फिल्म ‘जेरी अन टप’ अनमोल केसीको मुख्य भूमिकामा शुक्रबारदेखि देशव्यापी कम्तीमा २०० शोजसहित प्रदर्शनमा आएको छ।
  • सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’को रनटाइम २७५ मिनेट छ र यो सबै उमेरका दर्शकले हेर्न पाउनेछन्।
  • हलिउड फिल्म ‘ट्रोन : एरेस’ पनि शुक्रबारदेखि रिलिज भएको छ, जुन साइन्स फिक्सन र एक्सन कथावस्तुमा आधारित तेस्रो श्रृंखला हो।

काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ड्रामा-रोमान्स-एड्भेन्चर फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।

कम्तीमा २०० शोजसहित रिलिज भएको जनाइएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको रनटाइम २७५ मिनेट छ र यसलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।

त्रिकोणात्मक प्रेमकथाको यो फिल्म पर्वतीय यात्राको क्रममा आउने सम्बन्धको उतारचढावको कथावस्तुमा आधारित देखिन्छ । तपाईंलाई प्रेमकथाका फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

एड्भान्स टिकट विक्री सुखद देखिएको छ । अनमोलसहित फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीको अभिनय छ ।

शुक्रबारदेखि नै हलिउड फिल्म ‘ट्रोन : एरेस’ पनि रिलिज भएको छ । चर्चित फ्रेन्चाइज ‘ट्रोन’को यो तेस्रो श्रृंखला हो । यो साइन्स फिक्सन र एक्सन फिल्मको कथावस्तुअनुसार एक कम्प्युटर प्रोग्रामलाई वास्तविक संसारको एक मिसनमा पठाइन्छ ।

तपाईंलाई साइन्स फिक्सन र एक्सन कथावस्तुको फिल्ममा रुचि छ अनि ‘ट्रोन’ श्रृंखला रुचाउनुहुन्छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More