― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeजीवनशैली/स्वास्थ्यअध्यात्म भनेको बाहिरी चमत्कार होइन, भित्री रूपान्तरण रहेछ

अध्यात्म भनेको बाहिरी चमत्कार होइन, भित्री रूपान्तरण रहेछ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लेखकले बाहिरी चमत्कारमा विश्वास नगरेर भित्री रूपान्तरणलाई साँचो अध्यात्म मान्नुभएको छ।
  • विज्ञानले बाहिरी चमत्कारका धेरै कामहरू पूरा गरिसकेको र त्यसप्रति कृतज्ञता व्यक्त गर्नुपर्ने लेखकको भनाइ छ।
  • भगवान बुद्धले चमत्कारको पछि नलाग्न र आत्म–रूपान्तरणको बाटोमा लाग्न चेतावनी दिनुभएको लेखकले उल्लेख गर्नुभएको छ।

धेरैले मलाई सोध्छन् ‘यी गुरुहरूले गर्ने चमत्कारमा तपाईँ विश्वास गर्नुहुन्छ ?’

म मुस्कुराउँछु र भन्छु, ‘हो, विश्वास त गर्छु, तर तपाईंले सोचेजस्तो बाहिरी चमत्कारमा होइन।’

साँचो कुरा के हो भने, जब म पहिलो पटक अध्यात्मतिर आकर्षित भएँ त्यतिबेला मेरो मनमा पनि बाहिरी चमत्कारको मोह थियो । मैले सोच्थें-गुरुहरूले देखाउने अद्‍भूत शक्ति नै आध्यात्मिक उचाइको मापक हो।

म त्यस्ता तमासा देख्ने र गर्ने लोभमा गुरुहरू खोज्दै ठाउँ-ठाउँ पुग्थें । त्यस्ता हल्लाको पछि लाग्थेँ, फलाना गुरुले त हावाबाट समान निकाल्छ रे, ढिस्काना गुरुले त झन् पर्ची पढेर भूत भविष्य सबै बताइदिन्छ रे । आगो बाल्ने, पानी पार्ने आदि आदि !

अहिले आएर लाग्छ मैले कुनै तर्क र प्रश्नबिना साना-साना चमत्कार अध्यात्ममा खोज्दै हिडेँ । ,

यदि बाहिरी चमत्कारकै कुरा गर्ने हो भने, आज विज्ञानभन्दा ठूलो चमत्कार अरू के छ र ? धर्मशास्त्रहरूमा देवी देवताले मात्रै गर्न सक्छन् भनिएका कुरा आज विज्ञानले गरेर देखाइसकेको छ ।

ध्यान दृष्टिले देवताले देख्ने भन्ने कुरामा विज्ञानले इन्टरनेट र भिडियो कल दियो।

देवताको आँखाले मात्र देखिने भनिएको शरीरभित्रको रहस्य आज एक्स–रे र एमआरआईले देखाइदिन्छ ।

संसारभरका आवाज, दृश्य, ज्ञान सबै मेरो हातको सानो मोबाइलमा अटाइदिन्छ । यी भन्दा ठूला चमत्कार अरु के होलान् ?

त्यसैले म भन्छु-यदि चमत्कारकै पछि लाग्ने हो भने, ढोंगी बाबा–गुरुहरूको होइन, वैज्ञानिककै पछि लागौँ । उनीहरूप्रति कृतज्ञ बनौँ !

बिस्तारै जीवनले मलाई नयाँ पाठ सिकायो । धेरै समय भौतारिएपछि सम्यक गुरुहरूको संगत पाएँ र बुझ्न थालेँ-अध्यात्म भनेको बाहिरी चमत्कार मात्र होइन, भित्री रूपान्तरण रहेछ । मैले देखेँ, जबसम्म म आफ्ना राग–द्वेष, लोभ–मोह, अहंकारलाई जित्न सक्दिनँ, तबसम्म कुनै बाहिरी तमाशाको अर्थ हुँदैन।

अब भन्नुस् त, हामी हजारौँ वर्ष यी देवीदेवताको पूजा आजा गरेर, पछि लागेर यो केही पायौँ ? गर्न सक्यौ ? यसको मतलब देवीदेवता नमान्नु भनेको हो त पक्कै होइन । मेरो विचारमा हामीले हाम्रा वेद, पुराण अनि देवीदेवतासँग पनि भौतिक वस्तु र उपलब्धिको अपेक्षा गर्‍यौँ । हामीले त हाम्रा देवीदेवताबाट उनका ज्ञानगुणलाई लिएर आन्तरिक रुपन्तरणको बाटो हिँड्नु पर्ने हो । आफ्नो आसुरीपनलाई जितेर आफैँ देवी देवता, भगवान हुनुपर्ने हो !

आज म आत्मविश्वासका साथ भन्छु-साँचो चमत्कार त भित्र हुन्छ।

कसैले मलाई गाली गर्दा पनि मेरो मन शान्त रह्यो भने त्यो चमत्कार हो । कसैले अपमान गर्‍यो भने पनि मेरो मनमा द्वेष जन्मेन भने त्यो चमत्कार हो । आफ्नै मोह–अहंकारसँग लडेर जित्न सकेँ भने त्यो नै ठूलो चमत्कार हो ।

हाम्रो समाजमा प्रायः भनिन्छ-‘हाम्रो वेद, पुराणमा सबैकुरा थियो, पश्चिमीहरूले त्यहीँबाट चोरेर विज्ञानमा चमत्कार गरे।’ तर हामीले आफैंलाई प्रश्न गरौँ त-यदि थियो भने, त्यसलाई प्रयोगमा उतार्न हामीलाई कसले रोकेको थियो ?

ज्ञान पुस्तकमा मात्र कैद भयो भने त्यो गर्वको विषय त हुन्छ, तर जीवन बदल्ने शक्ति हुँदैन ।

त्यसैले अब आत्मरति र लघुताभास होइन साहस चाहिन्छ-हाम्रा पूर्वीय धर्मग्रन्थमा भएको ज्ञानलाई अनुसन्धान र प्रयोगमार्फत आन्तरिक र बाह्य जीवनमा उतार्ने।

भगवान बुद्धले आफ्ना भिक्षुहरूलाई चेतावनी दिनुभएको थियो, ‘चमत्कारको पछि नलाग, आत्म–रूपान्तरणको बाटोमा लाग ।’ किनभने बाहिर देखाइने तमाशा क्षणिक हुन्छ, तर भित्र हुने रूपान्तरण शाश्वत हुन्छ।

त्यसैले बुद्धले भनेझैँ, मध्य मार्ग नै साँचो बाटो हो। न अति भौतिक, न अति अन्ध–अध्यात्मिक । बरु दुवैलाई जीवनको पंख बनाएर उड्न सक्ने विवेक चाहिन्छ। एक पंख विज्ञान, अर्को अध्यात्म।

विज्ञानले बाहिर सजिलो बनाओस्, सुविधा बढाओस् ! अध्यात्मले भित्र शान्ति ल्याओस्, सुख बढाओस् !

यी दुवैको सहयोगमा जीवनको उडान भरौँ । जीवनमा सच्चा चमत्कार तब घट्नेछ !

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More