फाइल तस्वीर
राष्ट्रिय
समाचार.
- अध्यागमन विभागले अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकको निगरानी बढाएको छ।
- विदेशी नागरिकले अध्ययन भिसा उद्देश्य विपरीत गैरकानूनी क्रियाकलापमा संलग्न भएको पाइएको छ।
- शैक्षिक संस्थालाई अध्ययन भिसाका लागि नक्कली कागजात पेश गर्ने विदेशीलाई सिफारिस नगर्न भनिएको छ।
१० मंसिर, काठमाडौं। अध्ययन भिसामा नेपाल आएर भिसा उदेश्य विपरीत बसेका विदेशी नागरिकहरूमाथि अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ ।
अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुन बर्जित गरेका क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको खुलेको छ ।
अध्ययन भिसा नपाउनेहरुलाई अध्ययन भिसाका लागि सिफारिस गरेको देखिएपछि अध्यागमनले एक सूचना जारी गरी शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न भनेको छ।
अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरुले नियमित रुपमा कक्षामा सहभागी नहुने गरेको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गर्ने गरेको, कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसेको पाइएको अध्यागमन विभागका महानिर्देशक टिकाराम ढकालले बताए।
कतिपय विदेशी नागरिकहरु गैह्रकानूनी क्रियाकलापमा समेत संलग्न रहेको पाइएकाले त्यस्को सूचना प्रहरी तथा स्थानीय निकायमा दिन समेत शैक्षिक संस्थाहरुलाई अध्यागमनले अनुरोध गरेको छ।
विदेशी नागरिकलाई अध्ययन गराउने सबै शैक्षिक संस्था अनुगमन गर्न शिक्षा मन्त्रालय, विदेशी नागरिकहरुको गतिविधि अनुगमन गर्न ७७ वटै जिल्ला अनुगमन समितिलाई समेत अध्यागमन विभागले अनुरोध गरेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

