― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsअध्यक्ष ढकाल – KhabarHost

अध्यक्ष ढकाल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताउनुभयो।
  • ढकालले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने र नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
  • महासंघले १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी पूर्वाधार विकासका लागि पूँजी व्यवस्थापन गर्ने जनाएको छ।

९ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् ।

औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार भन्ने नारा सहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरूले गर्दा उद्योगी व्यवसायीले झन्झट ब्यहोर्नु परेको बताए।

‘हामीकहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरु धेरै भए’ उनले भने व्यवसायिक वातावरण सहज र सरल गर्नुै पर्नेमा झटिलता र झण्झट थपिँदै गएको छ, यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरु कम गर्दै जानु पर्दछ ।’

भदौ २३–२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै उनले लगानीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको नीतिगत सुधारहरू सकारात्मक भएको ढकालले  उल्लेख गरे । ती नीति प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

‘नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्दछ’ उनले भने ‘अहिले आर्थिक चाप छ भने यसको हिसाब राखौं र पछि भुक्तानी गर्ने व्यवस्था मिलाऔं ।’ उद्योग विभागले गत असोज महिनामा एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२र८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो ।

उनले देश विकासको लागि वाह्य लगानीसँगै आन्तरिक पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताए ।

‘वैकल्पिक विकास वित्त कोषको कुरा गर्नुअघि नै सरकारलाई नै सहयोग पुगोस् भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरेका छौं’ उनले भने, ‘यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि आवश्यक पूँजीको व्यवस्थापन गर्न सकिने छ ।’

अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेकोमा प्रसंसा गरे । उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधै सहकार्यको लागि तयार रहेको उनले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More