― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsअदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ



२२ मंसिर, काठमाडौं । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् । उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा घिमिरेले सोमबार सफाइ पाएका हुन् ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त मुद्दामा घिमिरेलाई सफाइ दिएको हो । इजलासले घिमिरेमाथिको आरोप स्थापित हुन नसक्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलनाको उजुरी दिएका थिए ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए ।

घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More